बन्द बम आश्रयमा प्रवेश गर्न खोज्दा एक युवति सहित ३ जनाको मृत्यु भएपछि कीभमा आक्रोश

इनेप्लिज २०८० जेठ १८ गते १६:५४ मा प्रकाशित

बन्द बम आश्रयमा प्रवेश गर्न खोज्दा ३ जनाको मृत्यु भएपछि कीभमा आक्रोशित भएको छ ।

युक्रेनी राजधानीमा ताजा रुसी हमलाको बीचमा बन्द बम आश्रयमा प्रवेश गर्ने प्रयास गर्दा बिहीबार एक युवती सहित तीन जनाको मृत्यु भएको थियो ।

आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले युक्रेनको राष्ट्रिय प्रहरीले साझा गरेको विज्ञप्तिमा घटनालाई “अपराध” भनी निन्दा गरेका छन र अनुसन्धान सुरु गरिएको उन्ले बताए ।

रुसले बिहीबार बिहान सबेरै कीभमा कुल १० वटा क्षेप्यास्त्र प्रहार गरेको र ती सबैलाई खसालिएको युक्रेन सशस्त्र बलले जनाएको छ।

यद्यपि खसेको भग्नावशेषले तीन जनाको ज्यान गएको छ ।

एक ९ वर्षीया बालिका, उनकी ३४ वर्षीया आमा र ३३ वर्षीया महिला भएको बताईएको छ । अन्य १४ जना घाइते भएका छन् ।

प्रतिक्रिया