क्यानडामा भाडादारसंगको विवादमा घरधनीले एक जोडीलाई गोली हानेर हत्या

इनेप्लिज २०८० जेठ १७ गते १०:४६ मा प्रकाशित

क्यानडामा भाडादारसंगको विवादमा घरधनीले एक जोडीलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सँगै बस्दै आएका एक युवा दम्पतीलाई ३० वर्षको जेठो व्यक्तिसँग झगडा भएपछि घरधनीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

गत शनिबार साँझ र स्टोनी क्रिक, ओन्टारियोको जोन्स सडकमा रहेको निवासमा घटना घटेको खबर क्यानडाको ह्यामिल्टनमा प्रहरी बिभागले सुरुमा साँझ ५:४० बजे खबर प्राप्त गरेको थियो। जुन टोरन्टोबाट ४५ माईल दक्षिणमा अवस्थित छ ।

जब ह्यामिल्टन प्रहरी सेवाका अधिकारीहरू घटनास्थलमा आइपुगे उनीहरूले दुई मृतक पीडितहरू फेला पारेका थिए । एक २७ वर्षीया महिला र एक २८ वर्षीय पुरुष जसको नाम क्यारिसा म्याकडोनाल्ड र आरोन स्टोन भएको प्रहरीले पुष्टि गरेको छ ।

दोहोरो हत्यामा संलग्न संदिग्ध ५७ वर्षीय घरधनी जसले प्रहरी आइपुग्नु अघि अपराध स्वीकार गरेको ह्यामिल्टन प्रहरी सेवाले जनाएको छ ।

दुबै पीडितका परिवारलाई सूचित गरिएको छ भने प्रहरीले अनुसन्धान र साक्षीहरूको बयान समेत लिई रहेका छन् ।

एबिसी न्यूज

प्रतिक्रिया