भर्जिनियाको फल्स चर्च क्षेत्रमा रहेको आवासगृहमा गोली चलाउँदा दुई जनाको मृत्यु ,२ जना घाइते

इनेप्लिज २०८० जेठ १६ गते ११:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च क्षेत्रमा रहेको आवासगृहमा गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार गोलाबारी र छुरा प्रहार लिजबर्ग पाइक (मार्ग ७ ) को दक्षिणमा पिमिट रन लेन(मार्ग)को २२०० भवन समूह संख्या (ब्लक)मा भएको थियो। फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार दिउँसो ३:३० बजे पछि गोलाबारीको खबर प्रहरीलाई गरिएको एनबिसी वाशिंगटनले जनाएको छ ।

गोली लागेका दुई जनालाई मृत घोषित गरिएको थियो भने दुई किशोरलाई छुरा प्रहार गरिएको थियो र चोटपटक लागेको थियो । उनीहरु खतरा मुक्त रहेका छन् भने उनीहरूको उमेर तुरुन्तै खोलिएको छैन।

प्रत्यक्षदर्शीहरूका अनुसार संलग्न व्यक्तिहरू करिव २० बर्ष जति उमेरका देखिन्थे ।

गोली हान्ने मध्ये एक जना लुगा धुने कोठामा फेला परेका थिए र घटनास्थलमा मृत घोषित गरिएको थियो । दोस्रो व्यक्ति सवारी साधन अड्डा (पार्किङ)मा भेटिएको र उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भएको छ । दुवै नाबालकलाई अस्पताल पनि लगिएको थियो ।

प्रतिक्रिया