मानव रहित यान (ड्रोन)आक्रमणले मस्कोमा आवासीय भवनहरूलाई क्षति पुर्याएको नगर प्रमुखले बताए । क्रेमलिनमा मे ३ मा भएको मानवरहित यान (ड्रोन )हमलापछि यो आक्रमण भएको हो।
रुसले क्रेमलिनमाथि आक्रमण गरेको आरोप लगाएपछि युक्रेनमा मानवरहित यान(ड्रोन) आक्रमण भएको छ । मङ्गलबार बिहान मस्कोमा धेरै मानवरहित यान हरू आक्रमण भएको र र रुसी राजधानीमा आवासीय भवनहरूलाई क्षति पुर्याएको नगर प्रमुख मेयरले बताए ।
मस्कोका नगर प्रमुख सेर्गेई सोब्यानिनका अनुसार आवासीय क्षेत्रमा भएको आक्रमणले “धेरै भवनहरूमा सामान्य क्षति पुर्याएको छ”। केही बासिन्दाहरूलाई सुरक्षा कारणहरूले उनीहरूको आवसगृह (अपार्टमेन्ट)बाट बाहिर निकालिएको छ । पहिलो प्रतिक्रियाकर्ताहरूले क्षतिको सर्वेक्षण गरेको उनले भने।
“सबै नगरपालिका आपतकालीन सेवाहरू हाल घटनास्थलमा छन्,” नगर प्रमुखले आफ्नो आधिकारिक संचार माध्यम टेलिग्राममा लेखेका छन् । के भएको हो भनि परिस्थितिबारे पत्ता लगाउने उनले बताए ।
आक्रमणमा कोही पनि गम्भीर घाइते भएका छैनन्। सोब्यानिनका अनुसार दुई व्यक्तिले घटनास्थलमा सामान्य उपचार गरिएको तर अस्पताल भर्ना आवश्यक नपरेको उनले भने ।
कम्तिमा एउटा भवनको वरिपरि मानव रहित यानजस्ता टुक्राहरू फेला परेको छ । त्यो आवासगृहका झ्यालहरू धेरै तलामा चकनाचुर भएका छन ।। मस्को ओब्लास्टका गभर्नर एन्ड्रे भोरोब्योभले राजधानी नजिकै पुग्दा धेरै मानव रहित यान (ड्रोन)हरू खसालेको टासले समाचारमा उल्लेख गरेको छ
प्रतिक्रिया