फ्लोरिडाको एक समुन्द्रतटमा गोली चल्दा बालबालिकासहित ९ जना घाइते

इनेप्लिज २०८० जेठ १६ गते १०:४५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको हलिउड समुन्द्रतट ब्रोडवाकमा गोली चल्दा बालबालिकासहित ९ घाइते भएका छन् । एक संदिग्ध अझै फरार रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति फ्लोरिडाको हलिउड बिच ब्रोडवाक(समुन्द्रतट )मा दुई समूहबीच झगडा भएपछि स्मारक दिवस (मेमोरियल डे)को क्रममा गोली चल्दा बालबालिकासहित नौ जना घाइते भएका प्रहरीले बताएका छन् ।

एक व्यक्तिलाई हिरासतमा लिइएको छ भने प्रहरीले थप संदिग्धको खोजी गरिरहेका छन् । खोजिएका एक संदिग्ध व्यक्ति अझै फरार रहेको हलिउड प्रहरी विभागको सार्वजनिक सूचना प्रबन्धक डेना बेटिनेसचीले भने।

१ देखि १७ वर्षका चार किशोरलाई गोली लागेको थियो, जसमा १५ देखि १८ महिनासम्मका एक बालक र २५ देखि ६५ वर्षका पाँच जना वयस्क पनि रहेका छन् । एक जनाको शल्यक्रिया भइरहेको र बाँकी घाइतेको अवस्था स्थिर रहेको बेटिनेसचीले बताए।

हलिउड समुन्द्रतट (बीच)का नगर प्रमुख जोस लेभीले गोलाबारीबाट आफू “दुःखी र क्रोधित” भएको र दुई समूहबीचको झगडाका कारण “निर्दोष दर्शकहरू” घाइते भएको बताए।

“मानिसहरू आफ्ना परिवारसँग समुद्र तटमा छुट्टीको सप्ताहन्तमा रमाइलो गर्न आउँछन्, र जनताको सुरक्षालाई पूर्ण रूपमा लापरवाह बेवास्ता गर्दै र सार्वजनिक स्थानमा हजारौं मानिसहरूसँग बन्दुक लिएर झगडा गर्नु लापरवाही भन्दा परको कुरा हो, ’ उनले पत्रकार सम्मेलनमा भने ।

प्रहरी अनुसन्धान जारी रहेकाले स्थानीयलाई इलाकाबाट टाढा रहन आग्रह गरेको छ भनि एबिसी न्यूजले समाचार लेखेको छ । हलिवुड बीच फ्लोरिडाको पूर्वी तटमा छ भने फोर्ट लाउडरडेलको लगभग १० माइल दक्षिण र मायामी भन्दा २० माइल उत्तरमा पर्दछ ।

प्रतिक्रिया