युक्रेनले ८९ मध्ये ७७ रुसी मानव रहित यान र क्षेप्यास्त्र रोक्यो

इनेप्लिज २०८० जेठ १५ गते १९:५२ मा प्रकाशित

युक्रेनले पछिल्लो २४ घण्टामा ८९ मध्ये ७७ रुसी मानव रहित युद्धयान (ड्रोन )र क्षेप्यास्त्र (मिसाइल)लाई रोकेको छ ।

युक्रेनी सेनाले आइतबार राति र सोमबार देशमा प्रहार गरिएका अधिकांश रुसी युद्धयान (ड्रोन )र क्षेप्यास्त्र (मिसाइल)हरू नष्ट गरेको बताएको छ।

पहिलोमा ४० वटा हावाबाट प्रक्षेपण गरिएका पोतविहार क्षेप्यास्त्र (क्रूज मिसाइल)हरू र ३८ वटा इरानका शाहद आक्रमण मानव रहित युद्धयानहरू रहेको सेनाका अधिकारीले बताए ।

४ चारवटा क्षेप्यास्त्र र ८ वटा मानवरहित यान (ड्रोन)ले मात्र युक्रेनी वायु सुरक्षामा प्रवेश गरेको युक्रेनले जनाएको छ ।

“दिउँसो, शत्रुले इस्कान्डर रणनीतिक क्षेप्यास्त्र प्रणालीबाट पोतबिहार (क्रुज) र प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू कीभमा नागरिक र महत्वपूर्ण पूर्वाधारहरू विरुद्ध प्रयोग गरे। युक्रेनको वायुसेनाले ११ मध्ये ११ क्षेप्यास्त्रहरू नष्ट गर्यो,”सहायक सैन्य अधिकारीले भने।

क्षेप्यास्त्रहरूको समग्र संख्या हालका महिनाहरूमा सबैभन्दा उच्च दैनिक गणनाहरू मध्ये एक भएको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया