त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गको नयाँ कार्यसमिति

इनेप्लिज २०८० जेठ १५ गते २:४७ मा प्रकाशित

मे २८

त्रिवेणी साहित्य मञ्च हेरिस्वर्गले केशव बैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ। ओ.एच.आर.सि हेरिस्वर्गको भवनमा दिपकजङ्ग विस्वाकर्माको अध्यक्षमा सम्पन्न पद हस्तान्तरण कार्यक्रम रहेको थियो । मञ्चका भुतपुर्व अध्यक्ष नविन भट्टराईले नवनिर्वाचित अध्यक्ष केशव बैरागी माइलोलाई औपचारिक रुपमा पद हस्तांतरण गर्नु भएको थियो।

११ सदस्य नयाँ कार्यसमितिसँगै मञ्चले ७ जना सल्लाहाकारहरु पनि पाएको छ। क्रमस उपध्यक्ष प्रेम घिमिरे , सचिव नारद प्रसाद आचार्य सुदामा , सहसचिव शेखर कोइराला , कोषध्यक्ष महेन्द्र अधिकारी , सह कोषध्यक्ष परमा अधिकारी , सकृय सदस्य अवि अधिकारी र सूचना तथा संचार तर्फ पातलो अन्तरे , कुमार सिवाकोटी र भरत तिम्सिना निर्वासित भएका छन् । वक्तव्य दिने क्रममा डा. तुलाराम न्यौपानेले साहित्य क्षेत्रमा महिलाहरु सहभागिता धेरै कम देखिएको गुनासो राख्नु भएको थियो भनि साहित्यकार गण्डकीपुत्रले बोल्ने क्रममा सबै जनजातिलाई तथा बालबालिकालाई समेत त्रिवेणी साहित्य मञ्चले समेट्न सल्लाह/सुझाव दिनु भएको थियो । स्वागत मन्तव्य सगै शम्भु आचार्यले सम्पुर्ण त्रिवेणी साहित्य मञ्चका नव निर्वाचित पदधिकारिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया