एभरेस्ट फेडरल क्रेडिट युनियनको दोस्रो साधारण सभा

इनेप्लिज २०८० जेठ ११ गते २२:५३ मा प्रकाशित

सम्पुर्ण गैर-आवसिय नेपालीहरु लाई सुनौलो मौका:

हामिले आजभन्दा करिव सात (७) वर्ष अघि अमेरिकाको न्यूयोर्क शहरमा परिकल्पना गरिएको पहिलो नेपाली वित्तिय संस्था “The Everest Federal Credit Union” को दोस्रो साधारण सभा (EFCU 2nd AGM) मनासास, भर्जिनियामा, यहि मे महिनाको २७ तारिक, सनिवारका दिन हुन गैरहेकोले, म यसको संयोजकको नाताले यहॅाहरु सवैलाई उक्त कार्यक्रमा आईदिनु हुन विनम्र अनुरोध गर्दछु। यो सवैका लागि चुलेनिम्तो भयो है।

उक्त अवसरमा यहॅाहरुले थोरै भन्दा थोरै $२५० डलरको खाता खोल्नुभयो भने, यो वैकको सदस्य मात्र नभई यसको सेयर होल्डर अथवा हिस्साको मालिक समेत हुनु हुनेछ। अर्को रमाईलो कुरा के छ भने; तपॅाईले खाता खोलेको रकम केहिदिन पछि फिर्ता लिए पनि तपाईको त्यसको स्थाई सेयर रहिरहनु हुनेछ। त्यतिमात्र कहॅा होर? तपाईको पैसाको व्याज अन्य वैंकहरुको भन्दा वडी र पछि मुनाफा समेत मिल्ने छ।अर्को झन राम्रो कुरा छ; यसको सदस्य भएपछि तपाईले अन्य वैंकहरुको भन्दा कम व्याज दरमा विभिन्न प्रकारका रिण तुरुन्तै लिन सक्नुहुने छ ।

याहॅाहरु लाई लाग्नसक्छ; कस्ता-कस्ता वैंकहरु त डुवेका छन, जावो नेपालीहरुले खोलेको क्रेडिट यूनियन? हाम्रो पैसा खाएर टाप?
त्यस्तो कदापि हुन्न किनकि: ति ठुलाठुला वैकहरु डुवेको कारण उनिहरुका गगनचुम्मी विल्डीगंको भाडा, मिलियन्स मिलियन्स डलर तलवखाने प्रेसिडेन्ट, भिपि, सिईयोहरु, महगो ट्याक्स अनि अनस्क्युवर लोनको मार उनिहरुमाथि परेर हो।

तर हाम्रो क्रेडिट यूनियनको नत महॅगा गगनचुम्वी विल्डिगंको भाडा नौ तिर्नु पर्छ, नत मिलियन्स डलर तलव खाने प्रेसिडेन्ट, भिपि, सिईयो नै छन! अझ हामिले त ट्याक्स पनि तिर्न पर्दैन! सवै नाफै-नाफा। त्यसमा तपाईहरुको डिपोजिट रकमको अमेरिकी सरकारी ईन्सुर्यान्सले ($२५०,०००) दुई लाख पचास हजार डलर सम्मको ग्यारेन्टी लिएको छ। यो क्रेडिट युनियन अमेरिकी सरकारको पुर्ण निगरानीमा भएकोले, तपाईको पैसा क्षिरिक्क पनि हुन पाउंदैन।

त्यसैले म भन्दै छुः आउंनुस यसमा मिनिमम $२५० देखि $२५०,००० सम्मको खाता खोलि, यसको मुनाफा कमाउने सदस्य वन्नुस।व्याज पनि लिनुहोस्, मुनाफा पनि। आफ्नो पनि भो, राम्रो पनि छ!!

यहि मे महिनाको २७ तारिक शनिवार का दिन मनासास, भर्जिनियामा भेटौला !!


धन्यवाद!!!
सेवामा,
रामचन्द्र खरेल
संयोजक
दोश्रो साधारण सभा, EFCU
571-541-7600

प्रतिक्रिया