मेरिल्याण्डको बिद्यालय गाडीमा विधार्थीलाई गोली हान्ने प्रयास गर्दा बन्दुक नपड्किदा फरार रहेका किशोर पक्राउ

इनेप्लिज २०८० जेठ ११ गते ११:२२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्जको काउन्टीको एक बिद्यालय गाडीमा विधार्थीलाई गोली हान्ने प्रयास गर्दा बन्दुक नपड्किदा फरार रहेका किशोर पक्राउ परेका छन् । उनलाई अर्को हत्यामा संलग्न भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार उनि डीसीको हत्या प्रयासमा १५ वर्षीय अभियुक्तको गरि रहेको समयमा उनलाई गिरफ्तार गरिएको छ । प्रहरीले डीसीमा २३ वर्षीया महिलाको हत्याको सम्बन्धमा पनि उनलाई खोजि गरि रहेका थिए ।

“बेबी के” द्वारा नामले चिनिने उक्त किशोरलाई अर्को किशोरलाई गोली हान्ने प्रयास गरेको आरोप लगाइएको छ। बेबी के मे १ मा दिउँसो दुई अन्य किशोरहरूसँग बिद्यालय गाडीमा चढे र एक किशोर पीडितलाई आक्रमण गर्न थालेका थिए ।

बेबी केले त्यसपछि पीडितलाई धेरै पटक गोली हान्न खोज्यो तर अन्वेषकहरूले बन्दुक खराब भएको कारण गोली नचलेको अनुमान गरेका छन् । पीडितलाई सामान्य चोटपटक लागेको थियो भने प्रहरीले गाडी( बस) मा हतियार फेला पारेका थिए ।

प्रहरीले गाडीमा आक्रमणमा देखिएका अन्य दुई किशोरलाई सुइटल्याण्डका १४ वर्षीय किशोर र टेम्पल हिल्सका १५ वर्षीय किशोरलाई पक्राउ गरेको बताएको छ ।

अक्सन हिलमा भएको आक्रमणको आरोपमा तीन किशोर किशोरीहरू मध्ये दुईलाई प्रथम श्रेणी ग्री हत्याको प्रयासको लागि वयस्कको रूपमा अभियोग लगाइएको छ।

प्रतिक्रिया