अमेरिकाको इलिनोइसमा क्याथोलिक पादरीहरूद्वारा १,९०० भन्दा बढी नाबालिगहरूलाई यौन दुर्व्यवहारको दावी प्रमाणित

इनेप्लिज २०८० जेठ १० गते ०:५९ मा प्रकाशित

अमेरिकाको इलिनोइसमा क्याथोलिक पादरीहरूले १,९०० भन्दा बढी नाबालिगहरूलाई यौन दुर्व्यवहारको दावी प्रमाणित भएको छ ।

इलिनोइसका राज्यका महान्यायाधिवक्ताले दिएको जानकारी अनुसार एक अनुसन्धानले इलिनोइसका क्याथोलिक पादरीहरू विरुद्ध १,९०० भन्दा बढी पीडितहरूले बाल दुर्व्यवहारको दावीलाई प्रमाणित गरेको छ ।

राज्यका महान्यायाधिवक्ता क्वामे राउलले एक पत्रकार सम्मेलनमा कार्यालयको पाँच वर्षको अनुसन्धानको निष्कर्षको विवरण दिँदै पहिलो पटक डायोसिसहरूले विवरण गरेको भन्दा सयौं बढी घटनाहरू पत्ता लगाएको बताए ।

१००,००० पृष्ठहरू भन्दा बढी डायोसेसन(बिशप/धार्मिक) कागजातहरू र बाल यौन दुर्व्यवहारबाट बचेकाहरूसँग ६०० जना सँग गोप्य सम्पर्कहरूले राज्य कार्यालयलाई इलिनोइसका सबै छ वटा क्याथोलिक बिशप(डायोसिस)हरूमा पादरीहरूको यौन दुर्व्यवहारको बारेमा मंगलबार जारी गरिएको ६९६ पृष्ठको प्रतिवेदनलाई सहयोग पुर्‍यायो भनि राज्य कार्यालयले बताएको छ ।

लगभग ७०० पृष्ठको प्रतिवेदनले क्याथोलिक धर्मगुरुहरूद्वारा बाल यौन दुर्व्यवहारबाट बचेकाहरूलाई उनीहरूको शक्ति र विश्वासको स्थिति उल्लङ्घन गर्नेहरू र गिर्जाघर (चर्च)को नेतृत्वमा रहेका व्यक्तिहरूलाई सुरक्षा गर्नेहरू दुवैलाई प्रकाश पार्दै बन्द गर्ने काम गर्ने छ भनि एक विज्ञप्तिमा राउलले बताएका छन् ।

प्रतिक्रिया