प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता भव्यताका साथ सम्पन्न

इनेप्लिज २०८० जेठ ९ गते २२:३२ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, स्थित CCBC Catonsville Community College Gymnasium बाल्टिमोरमा “प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” भव्यताका साथ सम्पन्न भएको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुबाट ३० वटा तेक्वान्दो स्कुलहरुका ४०० भन्दा वढी खेलाडीहरुले सहभागिता लिएको उक्त प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो स्कुलका संचालक सिनियर मास्टर कुमार कार्कीले जानकारी दिनु भयो ।

सिनियर ग्राण्ड मास्टर एच के ली को प्रमुख आतिथ्यमा, विशिष्ठ अतिथिहरु सेनेटर वेन्जामिन टि. ब्रुक्स, डेलिगेट डा. ह्यारी भण्डारी, डेलिगेट जेनिफर ह्वाइट, अतिथिहरु बानाका अध्यक्ष सुवोध विलास पन्त, एन आर एन ए मेरिल्याण्ड च्यापटरका अध्यक्ष राजु पराजुली, प्रतियोगिताका कोअर्डिनेटर मोहन थापा साथै विभिन्न नेपाली संघ सँस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत तेक्वान्दो खेलका ग्राण्ड मास्टर, मास्टरहरुको सहभागिता रहेको थियो ।

८ वटा कोर्टहरुमा संचालन भएको उक्त प्रतियोगितामा बर्ल्ड क्लास तर्फ समुह विजेता (Team Champion) “सोस तेक्वान्दो एकेडेमी” पेन्सिलभेनिया र उत्कृष्ट मोडल स्कुल तर्फको अवार्ड “यू एस तेक्वान्दो एकेडेमी” मेरिल्याण्डले प्राप्त गरेका थिए ।

साथै ओपन डिभिजन तर्फको समुह विजेता (Team Champion) “हिमालय तेक्वान्दो एकेडेमी”, हेरिसवर्ग र उत्कृष्ट मोडल स्कुल तर्फको विजेता “जुन लि तेक्वादो एकेडेमी” भर्जिनियाले प्राप्त गर्न सफल भएको थियो ।

उक्त प्रतियोगितालाई मेरिल्याण्ड तेक्वान्दो एसोसिएसन, एन आर एन ए मेरिल्याण्ड च्याप्टर, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), साथी बाल्टिमोर, नाम्लो इभेन्ट, म्याग्दी समाज लगायत विभिन्न नेपाली संघ सँस्थाहरुले सहयोगी भूमिका रहेको थियो ।

उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि मेरिल्याण्ड राज्यका डेलिकेट डा. ह्यारी भण्डारीको विशेष भूमिका रहनुको साथै संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुमा रहेका नेपाली तेक्वान्दो मास्टरहरु, एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका खेलाडी एवं परिवारजनहरु लगायत विविध खेल प्रेमी व्यक्तित्वहरुको समेत विशेष सहयोगी भूमिका रहेको उक्त प्रतियोगिताका डाईरेक्टर सिनियर मास्टर कुमार कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया