रुसी अदालतद्वारा अमेरिकी पत्रकारलाई थुनामा थप  ३ महिना राख्न आदेश  

इनेप्लिज २०८० जेठ ९ गते १६:५६ मा प्रकाशित

मस्कोको लेफोर्टोव्स्की जिल्ला अदालतले मंगलबार अमेरिकी पत्रकार इभान गेर्शकोविचको हिरासतलाई तीन महिनाको लागि अगस्त ३० सम्म बढाएको छ ।

 रुसी  सरकारी सॅचारमाध्यम आरआईए नोवोस्तीले अदालतलाई उद्धृत गर्दै अदालतले अन्वेषकको अनुरोधलाई हिरासतको रूपमा अगस्त ३० सम्म लम्ब्याउन अनुमति दिएको उल्लेख गरेको छ ।

गेर्शकोविच जसलाई अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको बताएको छ ।

प्रतिक्रिया