रुसले बाख्मुतलाई नियन्त्रणमा लिएको दाबी ,तर युक्रेन अझै पनि लडिरहेको बताउदै

इनेप्लिज २०८० जेठ ९ गते ११:३१ मा प्रकाशित

रुसले बाख्मुतलाई नियन्त्रणमा लिएको दाबी गरेको छ भने तर युक्रेनले अझै पनि लडिरहेको बताएको छ।

रुसी भाडा सङ्गठन वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार उनका सेनाहरूले “आफ्नो कब्जा गर्ने वाचा गरेका सबै क्षेत्रहरू अन्तिम वर्ग सेन्टिमिटरसम्म लिएका छन्।”

तर युक्रेनी प्रधानमन्त्री भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेना अझै पनि बाख्मुतमा लडिरहेको बताएका छन् ।

युक्रेनका उपरक्षा मन्त्री हन्ना मलियारले सोमबार युक्रेनी सेनाले अझै पनि “शहरको सानो भाग” ओगटेको छ र बाख्मुतको किनारमा अगाडि बढिरहेको बताइन । मंगलबार मलियारले लडाई “कम भएको छ,” तर युक्रेनका सेनाले शहरमा आफ्नो सानो खुट्टा कायम राखेको दाबि गरिन ।

उपत्यकामा भिडन्त जारी छ। शत्रु लाभदायक स्थिति लिन कोशिस गर्दैछ, तर असफल हुन्छ। केही क्षेत्रमा, शत्रु रक्षात्मक छ, “उनले भनिन्।

तर रुसी अधिकारीहरूले अर्कै कथा बताउँछन भनि सिएनएनले समाचार लेखेको छ । गत शनिबार जारी गरिएको एक अङ्कियदृश्य (भिडियो)मा प्रिगोजिन आफ्ना भाडाका सैनिकहरूसँग उभिए र शहरको पूर्ण नियन्त्रण लिएको दाबी गरेका थिए । उनले मे महिना पछि यसलाई रूसलाई हस्तान्तरण गर्ने बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाख्मुतको लागि सोभियत-रूसी नाम प्रयोग गरेर – “आर्टेमोभस्कलाई मुक्त गर्न कारवाई पूरा गरेकोमा” वाग्नरलाई बधाई दिए।

प्रतिक्रिया