व्हाइट हाउस नजिकै सुरक्षा घेरामा एक मालबाहक गाडी दूर्घटना गराउने संदिग्ध हिरासतमा ,घटनास्थलबाट नाजी झण्डा बरामद

इनेप्लिज २०८० जेठ ९ गते १०:४९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस नजिकैको सुरक्षा घेरामा दुर्घटना गराउने एक संदिग्ध व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । साथै अमेरिकी गोप्य सेवाका अधिकारीहरुले घटनास्थलबाट नाजी झण्डा बरामद गरेका छन् ।

गत सोमबार राति व्हाइट हाउस बाहिर रहेको उद्यान सुरक्षा घेरालाई जानाजानी अमेरिकामा भाडामा दिइने चर्चित यु-हल नामक मालबाहक (ट्रक)ले सुरक्षा घेरालाई ठक्कर दिने चालकलाई हिरासतमा राखिएको छ।

उक्त व्यक्तिलाई राष्ट्रपति वा उपराष्ट्रपतिको परिवारको सदस्यलाई “मार्ने, अपहरण गर्न वा शारीरिक हानि पुर्‍याउने” धम्की दिने, साथै खतरनाक हतियार, लापरवाह संचालनले आक्रमण गर्न निषेध गर्ने कानून अन्तर्गत मुद्दाको सामना गर्ने बताईएको छ ।

उक्त भारबाहक गाडी (ट्रक) राती ठिक १० बजे भन्दा अगाडी डिसीको उत्तरपश्चिम स्थित १६ औ मार्गको लाफायते उद्यान नजिक रहेको सुरक्षा घेरामा ठोक्किएको एनबिसी वाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।

कुनै पनि गोप्य सेवा वा ह्वाइट हाउसका कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको र दुर्घटनाको कारणबारे अनुसन्धानमा भै रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार संदिग्ध व्यक्ति उद्देश्यका साथ सुरक्षा घेरामा जानी जानी त्यहाँ पुगेको गोप्य सेवाले जनाएको छ ।

प्रतिक्रिया