अमेरिकाको एरिजोनाका एक विद्यार्थीलाई उच्च विद्यालयमा एआर-१५ र गोला बारुद ल्याएको आरोपमा गिरफ्तार

इनेप्लिज २०८० जेठ ७ गते १३:२६ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यका एक विद्यार्थीलाई उच्च विद्यालयमा एआर-१५ र गोला बारुद ल्याएको आरोपमा गिरफ्तार गरिएको छ ।

एरिजोनाको फिनिक्सका एक विद्यार्थीले उच्च विद्यालयमा एआर-१५हतियार र गोला बारुद ल्याएको आरोप लगाएपछि उनले “धेरै गम्भीर अपराधको आरोप” को सामना गर्नु परेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

फिनिक्स प्रहरी विभागका अधिकारीहरू र दुई विद्यालय सुरक्षा अधिकारीहरूले गत शुक्रबार दिउँसो परिसर (क्याम्पस)मा बन्दुक लिई एक विद्यार्थी आएको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेको विभागले शनिबार एक विज्ञप्तिमा जनाएको छ ।

फिनिक्स युनियन हाई स्कूल डिस्ट्रिक्ट(जिल्ला)ले सिएनएनलाई बिधुतिय डाक (इमेल) गरेको विज्ञप्तिमा भनिएको छ, दिउँसो १ बजेभन्दा पहिले बोस्ट्रम हाई स्कूल( बोस्ट्रम उच्च माध्यमिक बिद्यालय)मा सम्भावित हतियार ल्याएको थाहा पाएपछि बिद्यालय प्रशासकहरूले प्रहरीलाई बोलाएका थिए ।

हाम्रो विवरण सही थियो र पत्ता लगायौं। र ,स्थानीय अधिकारीहरूले हस्तक्षेप गरे र हतियार जफत गरे, बिज्ञप्तिमा बिधालयले बिधुतिय डाकमा उल्लेख गरेको छ ।

आइपुगेका अधिकारीहरूले पुरुष किशोर विद्यार्थीलाई बोस्ट्रम उच्च माध्यमिक बिद्यालयको मुख्य कार्यालयमा हिरासतमा लिए, अधिकारीहरूले भने।

उनीहरूले विद्यार्थीलाई पक्राउ गर्न “छिटो कार्य” गरे, जसले आफ्नो दिवा भोजन राख्ने बट्टा र पछाडी भिर्ने झोला ( ब्याकप्याक)मा थप गोला बारुद ल्याएको फेला परेको थियो ,प्रहरीले बताए ।

विद्यालय प्रशासनले अनुसन्धानका क्रममा हातालाई तालाबन्दीमा राखेको उच्च बिद्यालय जिल्लाले जनाएको छ ।

फिनिक्स प्रहरी विभागको अपराध बन्दुक जासुस इकाईले अनुसन्धानमा सहयोग गरिरहेको छ भने विभागले विद्यालय र जिल्ला अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएको छ।

उनले अर्ध स्वचालित (सेमी अटोमेटिक )राइफल कहाँबाट आयो र विद्यार्थीले किन बिद्यालय भित्र ल्याएको भन्नेबारे प्रहरीले तत्काल जानकारी दिएको छैन भनि सिएनएनले समाचार लेखेको छ । नाबालिग भएकाले विद्यार्थीको नाम र उमेर खुलाइएको छैन ।

प्रतिक्रिया