नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता पौडेलको अडानः ‘व्यक्ति संरक्षणका निम्ति पार्टी बदनाम हुनुहुँदैन’ (अन्तरवार्ता)

इनेप्लिज २०८० जेठ ७ गते ११:२० मा प्रकाशित

काठमाडौं, ७ जेठ । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा तरङ्ग पैदा गराएको छ । देशको शासन सत्ताको बागडोरमा पुगेकाहरु समेत नागरिक बेच्नेजस्तो जघन्य अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ गरिसकेका छन् । यस प्रकरणमा नेपाल सरकारका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका उच्चपदस्थ व्यक्तिहरु पक्राउ परिसकेका छन् । एमालेका सचिवसमेत रहेका रायमाझी पक्राउ परेसँगै उनलाई पार्टीले निलम्बन गरिसकेको छ । तर, कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका खाँणलाई पार्टीले निलम्बन गरेको छैन । पार्टी वृत्तमा उनलाई कारबाहीको बारेमा व्यापक दवाब रहेपनि देउवा मौन छन् । यस विषयमा आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋिषि धमलाले कांग्रेसका लोकप्रिय युवा नेता प्रदीप पौडेलसँग समसामयिक विषयमा आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

नक्कली भुटानी शरणार्थी प्रकरणमा धेरै जनामाथि मुद्दा चल्दै छ । आज प्रहरीले प्रतिवेदन बुझाउँदैछ । दोषी किटान गरिएका व्यक्तिहरुलाई पार्टीले कारबाही गर्छ, कि गर्दैन् ?

छानविन निष्पक्ष हुनुपर्छ । छानविनका निम्ति नेपाली कांग्रेसले सहयोग गर्न आवश्यक छ । कांग्रेसले यसमा जोडिएका व्यक्तिहरुलाई निलम्बन गर्दा छानविनमा सहयोग पुग्छ भन्ने कुरा हामीले राखेको हो । यसमा जोडिनु भएका व्यक्तिहरु छानविनमा सहयोग पु¥याउनका निमित्त उहाँहरुले राजीनामा गर्दा उपयुक्त हुन्थ्यो । तर, त्यो हुन सकेन भनि पनि पार्टीले छानविन प्रक्रियामा सहयोग पुर्याउनको निम्ति निलम्बन गर्ने, दोषी भइसकेको अवस्था होइन । तर, छानविन भएको अवस्था हो । यो गम्भीर अपराध हो । देशका नागरिकलाई शरणार्थी बनाएर यो खालको काम भएको छ । अख्तियारीको चरम दुरूपयोग र भ्रष्टाचार छ । यस घट्नालाई छानविन गरेर दोषीउपर जो कोही भएपनि कारबाही गरिनुपर्छ ।

बालकृष्ण खाँण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वासिलो नेता हुनुहुन्छ । उहाँविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने भएको छ । अब कांग्रेस पार्टीले के गर्छ ? संरक्षण कि कारबाही गर्छ ?

यस्ता घट्नामा कसैले पनि संरक्षण गरेको हुँदैन । दोषी ठहरिएको प्रक्रियागत ढंगबाट टुङगिएको विषय होइन । छानविनको क्रममा रहेको विषय हो । त्यसैले हामीले छानविनमा जसरी सहयोग गर्न सक्छौं, सहयोग गर्नुपर्छ । कांग्रेस अथवा एमाले जो कोहीसँग जोडिएको भएपनि छानविनमा सहयोग पुर्याउन सक्नुपर्छ । त्यसैले यस्ता घट्नामा निर्मम हुन सकिएन भने भ्रष्टाचारको अन्त्य कहील्यै पनि हुन सक्दैन । नक्कली भुटानी शरणार्थी प्रकरण भन्दा गम्भीर अपराध अर्को हुनै सक्दैन । त्यसैले यस्ता घट्नाहरुमा हामीले जतिसक्दो छानविनलाई सहयोग पुर्याउन सक्नुपर्छ । त्यो जो कोही होस् पार्टीभन्दा ठूलो व्यक्ति हँुदैन । व्यक्ति संरक्षणका निम्ति पार्टी बदनाम हुनुहुँदैन । पार्टीले सार्वजनिक कमिटमेन्ट गरेको छ । हामी सुशासनको पक्षमा वकालत गर्ने छौं । भ्रष्टाचारकोविरुद्ध लाग्नेछौं । हाम्रो पार्टीभित्र केही मान्यताहरु छन् । यस्ता घट्नाहरुको अन्त्य गर्ने । हामीले सहयोग पु¥याउने स्थिती सिर्जना गर्नुपर्छ । संरक्षण गर्ने होइन ।

कांग्रेसको अथवा तपाईहरुको पुस्ताको भनाई बालकृष्ण खाँणलाई पार्टीबाट अहिले, तत्काल निलम्बन गर्नुपर्छ भन्ने हो ?

यसको निष्पक्ष छानविनका निमित्त हामीले सहयोग गर्नुपर्छ । सहयोग गर्ने भन्ने कुरा निलम्वन गर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अरु पनि जोडीएको स्थिती छ । भने उहाँहरुले पनि सहयोग पु¥याउनु हो । त्यसैले यसमा कसरी छानविनलाई सहयोग पु¥याउन सकिन्छ ? त्यो ढंगले अगाडि बढ्नुपर्छ । प्रमाणहरुले पुष्टी भएको अवस्थामा अथवा सम्वन्धित घट्नामा जोडिएको आशंका गर्ने भएको स्थितीमा कांग्रेस, एमाले अथवा आफन्त इष्टमित्र जो कोहीलाई पनि दोषी ठहर भएमा कारबाही गर्नुपर्छ । विशेष गरी विधिको शाससनको पक्षमा रहेको कांग्रेसले भ्रष्टाचारजन्य कुनै पनि कुरामा जोडिएका आफ्ना मान्छेहरुलाई पनि संरक्षण गर्न तयार छैन् ।

कांग्रेसले बेलाबेलामा भ्रष्टाचारलाई संरक्षण गर्छ । भ्रष्टाचारीलाई कारबाही गर्दैन पार्टीले भन्ने आरोप त छ नी ?

विगतका घट्नाहरुमा फौजदारी अवियोगमा परिसकेका मान्छेहरुलाई किन निलम्बन गरिएन भन्ने एउटा प्रश्न छ । तर, अख्तियार कसले जन्मायो ? अख्तियारले को–कोलाई कारबाही ग¥यो ? त्यसैले त्यो कुरालाई पनि ख्याल गर्नुपर्छ । नेपाली कांग्रेसले उसको आदर्श मान्यता, आफ्नो पार्टीभित्र कोही भ्रष्टाचारी भयो । अथवा भ्रष्टाचारजन्य मुद्दामा जोडिएको कुनै व्यक्तिलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता कुनै पनि पार्टीले राखेको हुँदैन । पार्टीमा लागेर कसैलाई पनि गलत काम गर्ने अधिकार छैन् । जनताको पक्षमा मात्रैेर काम गर्ने । हामीले केही चारित्रिक मान्यताहरुलाई स्विकार गरेर नेपाली कांग्रेसमा लागेको स्थिती हो । File Photo/Reporters Nepal 

प्रतिक्रिया