“केसी डान्स सेन्टर कलिवुडबाट हलिवुडमा”

इनेप्लिज २०८० जेठ ५ गते २३:४७ मा प्रकाशित

शान्तिका दुत गौतम बुद्को जन्मस्थान नेपालको लुम्बिनीमा वल्र्ड पिस सेन्टर (विश्व शान्ति धाम) स्थापनाका लागि अमेरिकाको क्यालिफोर्निया राज्यको बेभर्ली हिल्समा गत मे १३ मदर्स डे को बेलुकी युनिभर्सल पिस गाला आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा डिसी मेट्रो एरियाबाट गएको केसी डान्स सेन्टरले “मायादेवी” अ प्ले अफ अनकन्डीसनल लभ ( निशर्त प्रेमको नाटक) प्रस्तुत गर्यौ जसले सबै दर्शकको मन खिचेको थियो। एउटा आमाको आफ्नो बच्चा प्रतिको निःस्वार्थ मायालाई देखाइएको नाटक हेर्दा धेरैको आँखा रसाएको थियो।

अंग्रेजी भाषामा तयार पारिएको उक्त नाटकमा अभिनय र नृत्यलाई केसी डान्स सेन्टरका संचालक तथा कोरियोग्राफरद्वय नवीन के सी र लुना श्रेष्ठले निर्देशन गर्नु भएको थियो।

विश्वमा हराउँदै गएको शान्ति र बढ्दै गएको तनावपूर्ण जीवनको समाधान गर्ने सूत्र बौद्ध दर्शन भएको चर्चा गर्दै पश्चिम जगतमा प्रसिद्ध अतियोग महासन्धीका गुरु श्याल्पा तेञ्जिङ रिम्पोछेले बौद्ध दर्शनको मार्गदर्शक नेपालले विश्व शान्ति स्थापनाका लागि अग्रसर हुनु पर्ने साथै संसारमा सबै मान्छेका लागि साझा आध्यात्मिक ठाउँको आवश्यकताको महशुस गर्दै लुम्बिनीमा ‘विश्व शान्ति धाम’ निर्माण गर्न लागिएको बताउनु भएको थियो।

अमेरिकाका ख्यातीप्राप्त फिल्मी स्टारहरु, राजनैतिकर्मी, प्रतिष्ठित व्यवसायी तथा उच्च पदस्थ कर्मचारी र नेपाली समुदायका पदाधिकारीहरुको सहभागिता उक्त कार्यक्रममा रहेको थियो ।

करिब २५ मिनेटस् लामो “मायादेवी” नाटकमा मायादेवीको भुमिकामा रिमा केसी, छायॉदेवीको भुमिकामा ऐश्वर्य निरौला र अप्सराहरुमा लुना श्रेष्ठ, सरिशा अधिकारी, दिया पौड्याल, श्लेष्मा पन्त, विनिशा अधिकारी, सृष्टि के सी, सुहाना शाही र प्रिशा श्रेष्ठ उप्रेतीको अभिनय रहेको थियो।

दर्शकहरुको अपार माया, हाम्रो अभिभावकहरुको साथ र सहयोगबाट केसी डान्स सेन्टरले आज आफ्नो कदम कलिवुडबाट एकैचोटी हलिवुडमा राख्न पाउदा एकदम हर्षित भएको के सी र श्रेष्ठले हामीलाई बताउनु भयो ।

प्रतिक्रिया