तमु धीं भर्जिनियाले ग्रीष्मकालीन बनभोज (समर पिकनिक) आयोजना गर्ने

इनेप्लिज २०८० जेठ ५ गते २२:४३ मा प्रकाशित

तमु धीं भर्जिनियाले यस वर्ष पनि सदाको वर्षहरुमा झैं ग्रीष्मकालीन बनभोज (समर पिकनिक) आयोजना गर्ने भएको छ । आउँदो जुलाई २३ तारिख आईतबारको दिन मिति तय गरी भव्य तरिकाले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा बिबिध नेपाली स्वादिष्ट परिकारहरु, बारबिक्यू ग्रील सहित स-साना नानीबाबुहरुलाईका लागि मेच घुमाई, गोलाप्रथा (य्राफल) र अन्य विविध मनोरन्जनात्मक नाचगान,गीत र साहित्यिक कार्यक्रम पनि राखिने भएको छ ।

त्यसैगरी गुरुङहरुको गॉंऊ बस्तीहरुमा धेरै प्रचलित ठेलो (ढुङ्गा फाल्ने खेल) पनि कार्यक्रमको अर्को रोचक पक्ष रहनेछ । उक्त बनभोज कार्यक्रममा नेपालबाट भर्खरै आई डिसी महानगर क्षेत्रमा बस्नुभएका गुरुङ समुदायको नयॉं परिवारहरु र धेरै पहिले देखि तमु धीं भर्जिनियामा आबद्ध गुरुङ परिवारहरुबीच परिचयात्मक चिनजान पनि गरिने छ । यसका साथै तमु धीं भर्जिनियामा आवद्ध हुन चाहानुहुने नयॉं सदस्यहरुलाई स-शुल्क सदस्यता बितरण र पुरानो साधारण सदस्य हरुलाई सदस्यता नविकरण पनि गरिने छ ।

“हाम्रो पैतृक सम्पति,हाम्रो भाषा र संस्कृति” भन्ने तमु धीं भर्जिनियाको मूल मन्त्रका साथ तमु धीं भर्जिनियाले विभिन्न समयमा यस्ता खाले रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

वासिङटन् डिसी महानगर वरपर बस्नु हुने सम्पूर्ण नेपाली बुबाआमा दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त बनभोज कार्यक्रममा उपस्थित भई तमु धि भर्जिनियासँगको सामिप्यता,भावनात्मक एैक्यबद्धता, र भाईचाराको सम्बन्धमा अझ नजिक महसुस गरी दिनु हुन तमु धीं भर्जिनियाका अध्यक्ष नन्द कुमार गुरुङ र सम्पूर्ण तमु धीं भर्जिनिया परिवारले यहॉंहरु सबै सबैलाई हार्दिक निमन्त्रणा व्यक्त गरेको छ । प्रवेश निशुल्क रहने छ ।

परदेशमा रहेर पनि सदैव आफ्नो मौलिक पहिचान,भेषभुषा, रितिरिवाज, परम्परा अनि संस्कृति कदापि बिर्सनु हुदैन ।

यहीं जन्मिएर हुर्किंदै गरेका दोस्रो पुस्ताका नानीबाबुहरुलाई यही पाठ सिकाउँदै जानुपर्छ भन्ने पवित्र मूल आसय सहित स्थापित भएको तमु धीं भर्जिनिया अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रकै नेपाली संघ संस्थाहरु मध्येमा पुरानो र उदाहरणीय संस्था हो ।

जुन संस्थाले अमेरिकामा रहेर आफ्नो मैलिक पहिचान,संस्कार,संस्कृति,रितिरिवाज,भाषा,भेषभुषाको जगेर्ना गर्ने अभियान मात्रै चलाउँदैन किन्तु नेपालमा बारम्बार घटीरहने दैवी प्रकोपका ठूला-ठूला घट्ना,परिघट्नाहरुमा समेत बेलाबखत आर्थिक संकलन सहितको सहयोग रकमहरु पनि उपलब्ध गराउँदै आईरहेको छ ।

उक्त बनभोज कार्यक्रम हुने स्थान,समय र मिति यसप्रकार रहेको छ ।

मितिः जुलाई २३, २०२३ आईतबार
समयः दिनको ११ बजे देखि शुरु
स्थानः1400 Lake Fairfax Drive,Reston VA
20190 ( सबैभन्दा अन्तिमको ठूलो सेल्टर)

कार्यक्रमको बारेमा अझ विस्तृतमा बुझ्न चाहानुहुन्छ भने निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ ।
नन्द कुमार गुरुङ (अध्यक्ष) फोन नम्बर – (571) 524-2345
तिलक गुरुङ (उपाध्यक्ष) फोन नम्बर – (571) 501-5198
थमन गुरुङ (सचिव) फोन नम्बर – (703) 623-2141

प्रतिक्रिया