जेलेन्स्की अरब लिगको शिखर सम्मेलनमा सहभागी हुन साउदी अरेबिया पुगे

इनेप्लिज २०८० जेठ ५ गते ११:३१ मा प्रकाशित

जेलेन्स्की अरब लिगको शिखर सम्मेलनमा सहभागी हुन साउदी अरेबिया पुगेका छन् ।

“म साउदी अरेबिया आइपुगेको छु,” उनले भने। “म अरब लीगको शिखर सम्मेलनमा बोल्नेछु। म युवराज मोहम्मद बिन सलमान अल साउदसँग भेट गर्नेछु र अन्य द्विपक्षीय वार्ता गर्नेछु।

“हाम्रो प्राथमिकताहरू क्रिमियाका सबै राजनीतिक बन्दीहरू र अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरू, सबै बन्दीहरू र अवैध रूपमा निर्वासित व्यक्तिहरूको फिर्ता, हाम्रो शान्ति सूत्रको प्रस्तुतीकरण, जसको कार्यान्वयनमा सकेसम्म धेरै राज्यहरू समावेश हुनुपर्छ, र प्रत्याभूति( ग्यारेन्टी) हो। अर्को हिउँदमा ऊर्जा सुरक्षाको कुरा हुनेछ ” उनले भने ।

“अर्को प्राथमिकता युक्रेनको मुसलमान (मुस्लिम )समुदायको रक्षा गर्नु हो। क्रिमियाली टाटार जनताका नेता मुस्तफा डिजेमिलेभ हामीसँग छन्। क्रिमिया रुसी कब्जाबाट सबैभन्दा पहिले पीडित थियो, र कब्जा गरिएको क्रिमियामा दमन गरिएका अधिकांश मुस्लिमहरू छन्।

यो साताको अन्त्यमा, युक्रेनी नेताले समूह अफ सेभेन शिखर सम्मेलनको लागि व्यक्तिगत रूपमा जापानको यात्रा गर्ने अपेक्षा गरिएको छ।

अधिकारीहरूले जेलेन्स्की हिरोशिमा कहिले आइपुग्छन् वा उनको यात्रा व्यवस्थाको विस्तृत विवरण दिन अस्वीकार गरेका छन्।

प्रतिक्रिया