मेरिल्याण्डको व्हीटन रेल अड्डामा गोली चल्दा १ जनाको मृत्यु

इनेप्लिज २०८० जेठ ५ गते ०:०१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको व्हीटन रेल अड्डा(ट्रेन स्टेसन)मा गोली चल्दा १ जनाको मृत्यु भएको एनबिसी वाशिंगटनले जनाएको छ । घटना घटे पछि हाल केही सेवा बन्द पनि गरिएका छन् ।

व्हीटन रेल अड्डा (व्हीटन स्टेशन)मा एक व्यक्तिलाई गोली हाने पछि उनको मृत्यु भए पछि बिहीबार साँझ महानगर क्षेत्रमा संचालित (मेट्रो)को रेड लाइन नामक क्षेत्रमा आवत जावत हुने यात्रा निलम्बित गरिएको छ ।

बेलुका ६ बजेको केही समय अघि एक व्यक्तिलाई रेल अड्डा भित्र गोली हानिएको थियो । उक्त व्यक्तिलाई उनको जीवन बचाउने प्रयासहरूको तापनि व्यक्तिलाई घटनास्थलमा मृत घोषित गरिएको छ। अहिले शंकास्पद व्यक्तिको खोजी भइरहेको प्रहरीले बताए ।

सिल्भर स्प्रिङ अड्डा (स्टेशन )र ग्लेनमन्ट अड्डा (स्टेशन )बीच रेल सेवा निलम्बित गरिएका छन् ।

प्रतिक्रिया