अमेरिकामा चर्चित गायक सुगम पोखरेल,प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन बि राई,नेपाली चलचित्रका महानायक राजेश हमाल तथा कार्यक्रम प्रस्तोता तथा गायक(र्यापर )आसिफ शाह सहितको म्युजिक टुर -युएसए (सांगीतिक अमेरिका यात्रा)नामक कार्यक्रम हुने भएको छ ।
मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि ई-पिक इन्टरटेनमेन्टले अमेरिकाका विभिन्न राज्यहरुमा यात्रा गराउने जिम्मेवार लिएको छ ।
कार्यक्रम आगामी जुन-जुलाई -अगस्त ३ महिनाको लागि हुने ई-पिक इन्टरटेनमेन्टका प्रतिनिधि अभिजित राईले ईनेप्लिजलाई बताए । कार्यक्रम विभिन्न राज्यहरुमा प्रस्तुत गर्न चाहना राख्ने नेपाली समुदायले सिधै ई-पिक इन्टरटेनमेन्टका अभिजित राई तथा मनोज सापकोटासंग सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।
कार्यकम आफ्नो राज्यमा देखाउन चाहनेले अभिजित राईको 703 678 3317 अथवा मनोज सापकोटाको 571 577 3965 मा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया