वाशिंगटन डिसीको एक बिद्यालयमा अगाडी गोली चल्दा एक विद्यार्थीको मृत्यु

इनेप्लिज २०८० जेठ ४ गते १०:४९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको एक बिद्यालय अगाडी गोली चल्दा एक किशोरको मृत्यु भएको छ । डिसी महानगर प्रहरीका अनुसार उक्त घटना थियोडर रुजवेल्ट माध्यमिक बिद्यालय (हाई स्कूल) बाहिर किशोरको हत्या भएको हो ।

यो घटना सहित ४ दिनमा ३ जना किशोर/किशोरीकिको मृत्यु भै सकेको एनबिसीवाशिंगटन (न्युज४ )ले जनाएको छ ।

१७ वर्षीय किशोर डिसीको उत्तरपश्चिमको आयोवा एभिन्यू(मार्ग)को एक पेटीमा हिंडिरहेका थिए । एक हरियो गाडी (कार)आयो र गाडी भित्रबाट कसैले दिउसो २:३० बजे भन्दा पहिले गोली चलाएको प्रहरीले बताए ।

पीडितको पहिचान भएको र उनि जेफरसन पेरेज भएको पुष्टि भएको छ । प्रत्यक्षदर्शी र प्रहरीले किशोर बिद्यालयको गाडी अडान गर्ने स्थानमा ढले । चिकित्सकहरूले उनलाई गम्भीर अवस्थामा अस्पताल लैजानु अघि स्वासप्रवास र प्राथमिक उपचार (सीपीआर )दिए। तर उनको केही बेरमै अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले एक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सवारी साधन अड्डा (पार्किङ)मा झगडा भएको थियो र उनीहरूले त्यहाँ बन्दुक फेला पारेको बताए । एक प्रत्यक्षदर्शीले न्युज४ लाई दिएको जानकारी अनुसार करिब पाँचवटा गोली चलेको सुनेका थिए। प्रहरीका अनुसार जेफरसन पेरेजलाई एक पटक गोली लागेको थियो ।

पीडित रुजवेल्ट माध्यमिक बिद्यालय (हाईस्कूल)मा अध्ययनरत विद्यार्थी र बुधबार विद्यालय गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया