अमेरिकाको इलिनोइस राज्यबाट ६ वर्षअघि आफ्नी आमासँग हराएकी एक किशोरी नर्थ क्यारोलाइना राज्यमा फेला

इनेप्लिज २०८० जेठ ३ गते ०:५४ मा प्रकाशित

अमेरिकाको इलिनोइस राज्यबाट ६ वर्षअघि आफ्नी आमासँग हराएकी एक किशोरी नर्थ क्यारोलाइना राज्यमा फेला परेकी छिन् । सिएनएनका अनुसार छ वर्षसम्म प्रियजनहरूले जनताको सहयोगमा इलिनोइसमा उनको गैर संरक्षक (कस्टोडियल )आमाले कथित रूपमा अपहरण गरेपछि कायला अनबेहनको खोजी गरे ।

अब उनि १५ बर्षकी भएकी छिन भने उनलाई नर्थ क्यारोलानामा ६०० माईल टाढा सुरक्षित भेटिएकी छिन। इलिनोइसमा उनको बुबासँग पुनर्मिलन भएको छ आशभिल प्रहरी विभागको सामन्था बुथले मंगलबार सीएनएनलाई बताइन्। अपहरणमा परेकी बेपत्ता छोरीलाई परिवारसँग डीएनए मिलाउदा मेल खाएकोले पुनः भेटेको परिवारले जनाएको छ ।

कायाला ९ वर्षकी थिइन् जब उनलाई उनकी गैर- संरक्षकमा रहेकी आमा हेदर अनबेहाउनले शिकागो उपनगर साउथ एल्गिन इलिनोइसबाट अपहरण गरेकी हराएका र शोषित बालबालिकाका लागि काम गर्ने राष्ट्रिय केन्द्रले जानकारी गराएको छ ।

कायलाका बुबा रायन इसरकाले २०१७ को सुरुमा उनको पूर्ण संरक्षकमा रहने गरि मुद्धा जितेका थिए र समय समयमा आमासंग पनि भेट्ने अनुमति दिइएको थियो । जुलाईमा छोरी लिएर आमा बेपत्ता भएकी थिइन् ।

अपहरणको लागि आमालाई अपराध पक्राउ पूर्जी जुलाई २८,२०१७ जारी गरिएको थियो । त्यसपछि गत शनिबार साँझ कायलालाई आमाबाबुको अपहरणको बारेमा नेटफ्लिक्सको नसुल्झिएको रहस्यहरू शृंखलाको एक शृंखलाबाट चिनेको एक व्यक्तिले आशभिलको एउटा पसलमा देखेको बुथले सीएनएनलाई भनिन। त्यो व्यक्तिले एक पसलका कर्मचारीलाई सूचित गर्यो जसले त्यसपछि प्रहरीलाई बोलाएको बुथले भनिन ।

बालिकाकी आमा अनबेहनलाई गत शनिबार पक्राउ गरिएको र सुपुर्दगीको पर्खाइमा २५०,००० धरौटीमा राखिएको नर्थ क्यारोलाइनाका सहायक कोरी अलेक्ज्याण्डरले मंगलबार सिएनएनलाई बताए। उनलाई जुलाई ११ को अदालतको मिति दिइएको अलेक्ज्याण्डरले भने।

प्रतिक्रिया