रुसले युक्रेनमा रहेको अमेरिकी हवाई रक्षा प्रणाली पेट्रियटलाई प्रहार गरेको दावी, युक्रेनले सबै प्रहार रोकेको दावी

इनेप्लिज २०८० जेठ २ गते १६:४६ मा प्रकाशित

रुसले अमेरिकाले बनाएको पेट्रियट हवाई रक्षा प्रणाली माथी प्रहार गरेको दाबी गरेको छ भने युक्रेनले सबै क्षेप्यास्तहरुलाई रोकेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले आज बिहान क्षेप्यास्त्र हमलामा कीभमा अमेरिकी निर्मित प्याट्रियट हवाई रक्षा पद्धती नष्ट गरेको दाबी गरेको छ ।

रुसी संघको सशस्त्र सेनाले युक्रेनको सशस्त्र सेनाको तैनाथीको बिन्दुहरूमा, साथै गोला बारुद, हतियार र भण्डारण ठाउँहरूमा लामो दूरीको हवाई रक्षा प्रणाली सहितलाई प्रहार गरेको जनाएको छ ।

आक्रमण लक्ष्यमा पुगेको र सबै तोकिएका वस्तुहरू प्रहार भएको मन्त्रालयले जनाएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

युक्रेनले मंगलबार प्रक्षेपण गरिएका सबै १८ रूसी क्षेप्यास्त्रहरू रोकेको जनाएको छ ।

प्रतिक्रिया