आजिवान सदस्यहरूको विवरण आईसीसीद्वारा अद्यावधिक गरिँदै

इनेप्लिज २०८० जेठ २ गते ०:२५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका आजीवन सदस्यहरूको विवरण आईसीसी द्वारा अद्यावधिक गरिरहेको छ। एन आरएनए अमेरिकाले आजीवन सदस्यहरूको नाम, इमेल, फोन नम्बर, बसोबास गरेको राज्य, जिप कोड MIS सिस्टममा राख्नको लागि पठाई सकेको छ। आइसिसीबाट प्राप्त सूचना अनुसार सबै सदस्यहरूको विवरण MIS मा अपलोड गरी सकिएको छ भने आजीवन सदस्यहरूको लागि प्रमाणीकरण र भुक्तानी प्रक्रियाहरू गर्न नपर्ने प्रक्रियामा काम गरिरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ। साधारण सदस्यता मे १५, २०२३ मा बन्द भए पश्चात्

केही दिनमा नै आजीवन सदस्यहरूले आइडी कार्डको लागि सेल्फी र आफ्नो ठेगाना व्यवसाय जस्ता विवरणहरू भर्नाको लागि आजीवन सदस्य बन्दा प्रयोग गरिएको इमेलमा सूचना प्राप्त गर्नु हुनेछ।

सम्पूर्ण आजीवन सदस्यको विवरण अद्यावधिक गराउने कार्यमा आइसिसी सँग निरन्तर सम्पर्कमा रहेर काम भइरहेको हुँदा केही दिन धैर्यतापूर्वक बसिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

महासचिव
अन्जन चौलागाई
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका
मिति :०५/१५/२०२३

प्रतिक्रिया