नेपाल त्यो देश हो जस्ले बिश्वका साम्राज्यवादसंग आफनो शिर झुकाएन, अटल भएर विश्व सामूविर गोर्खाली, सगरमाथाको, बुद्ध जन्मेको देश पवित्र तपोभूमि पशुपतिनाथको देश साथै ॐकारको देश भनेर चिनिन्थियो । तर नेपालमा २०४६ सालमा बहुदल अर्थात प्रजातन्त्र पुनर बहाली भएदेखि, पूर्खाहरुले रचेको संरचनाहरुलाई बिस्तारै भत्काउने कामको सुरुवात भएको विश्वका पर्यवेछक्षकहरुले हेरि रहेका छन । झन माओवादीहरु संग मिलेर दिल्ली संझौता १२ बुंदे भएपछि त भारतले नेपाललाई आफनै करेसा बारीमा परिणत भए झै व्यवहार गर्न थाल्यो ।
देशको ईज्जत र संम्मान गर्ने मानिसहरु राजनेताहरु नै हुन तर राजनेताहरुनै पदभ्रष्ट भएर निस्केपछि देशको ईज्जत बढाउनका साटो गिराउनतिर लागे । के हामी नेपालीहरुले ३३ बर्षसम्म पनि आँखा चिम्म गरेर भोटदिएर पठाएका नेताहरुलाई देशको इज्जत माटोमा बिलाउन पठाएकै हौं त ? यदि होइन भने नेपालीको आशा र भरोसा गरेका नेताहरुबाट देशलाई नालीमा पठाउने नेताहरुलाई हामी नेलालीहरुले के सम्मान गर्ने ।
हालै नेपालको समाचारहरु सारा विश्वमा आएका छन, त्यो हो नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर संयुक्त राज्य अमेरिकामा पुनर्वास गराउने घोटालामा तत्कालिन सरकारका उच्च पदाधिकारीहरुलाई धमाधम प्रहरीले समातेर अन्तरास्ट्रियका समाचारपत्रहरु टेलिभिजनहरुमा देख्दा कुन चाँहि नेपालीले चित्ता दुखाएर आँखा रसाएन होला ? यसमा राजनेताहरुकै ठूलो हात रहेको छ भन्ने व्यहोरा सबैले जानकार लिएका छन । तर स्वर्गीय कवि भूपी शेरचनको कविता “घुम्ने मेचमाथी अन्धो मान्छे” भने झै मुखदर्शक भएर बसेको जस्तो पर्यवेक्षेकहरुले महसुस गरेका छन् ।
यो घटना वा घोटालाले नेपालमा मात्रै तरंग मच्चाएको छैन, नेपालको अन्तरास्ट्रिय छवि वा प्रतिष्ठानमा पनि असर भएको छ । उदाहरर्णार्थ नेपाली राजदूतहरुलाई यस्तो घटनाको विदेशी पत्रकारहरुले सोध्न आए कसरी जवाफ देलान् सजिलै अनूमान गर्न सकिन्छ । हालै डा. सुन्दरमणी दीक्षितको भनाई बिचारलाई कानखोले आँखा उघारेर हेर्ने वा सुन्ने हो भने अन्तरास्ट्रिय समुदायमा विशेष गरेर संयुक्त राज्य अमेरिकाका् नजरमा नेपाललाई ठूलो अपराध गरेको छ भन्न सकिन्छ । त्यो विषयमा भोलिका दिनहरुले नै बताउलान ।
अव अमेरिकामा रहेका नेपाली नक्कली शरणार्थीहरुको पनि मुटुमा ढ्याङग्रो ठोकी सकेको छन भन्ने अभास हुन्छ । नेपाल सरकारका प्रहरी स्रोतहरु, यसैबीच घोटालाको अनुसन्धान भएको कथित रुपमा “ अन्तिम चरणमा” रहेको बताउंछन, पूर्वमन्त्री खाँडलाई समाएर छोटेको समाचार आई सकेको छ । सक्कली भुटानी शरणार्थीहरुसंग मिसिएर आएका नेपालका नक्कली शरणार्थीहरुले अमेरिकामा ठूला ठूला व्यवसायी भएर कमाएर बसेका छन । उनिहरुले अब के हुने हो चिन्तित भएर बसेका होलान ।
गत बिहिवार साँझसम्म, नेपाल प्रहरीले दर्जनौ भन्दा बढी व्यक्तिहरुलाई यस सम्बन्धमा पक्राउ गरेसंगै यस मुद्दामा विशेष घटनाक्रमहरु बाहिरा आएका छन । पक्राउन पर्नेहरुमा राजनीतिक नेताहरु, सरकारी उच्च ओहोदाका कर्मचारीहरु परेका छन । इनिहरुलाई पक्रेर जेलमा कोचेर देशको इज्जत फर्किदैन, यस विषयमा अन्तरराष्ट्र्यि क्षेत्रमा सबैलाई कानून बमोजिम कठघरमा उभ्यिाएर कडाभन्दा कडा सजय दिन स्वतन्त्र “त्रिव्यनुल कोटले” काम थाल्नु पर्छ हाम्रो देशको परराष्ट्र् मन्त्री संयुक्त राष्ट्र्संघको बिशेष सभालाई सम्बोधन गरेर चोख्याउने काम गर्न सक्नु पर्छ । पंक्तिकारलाई जानकार भएकै व्यहोरा हो भुटानी शरणार्थीहरुका लागि कागजातहरु तयार पार्ने गिरोहरु सक्रिय रुपमा अमेरिकामा छन गफाडी नेताहरु होइन राम्रो नेताहरुलाई छान्न सक्ने बरदान नेपालीहरुको चेतना जागोस ।
डिग बहादु तामाङ्ग, दोलाखा, भेडापु ।
प्रतिक्रिया