अमेरिकाको न्यु जर्सी राज्यको एक प्राथमिक विद्यालयका चालक बिरामी हुँदा बिधार्थीहरुको बोकेको गाडी झण्डै एक घण्टासम्म बेपत्ता भए पछि खोज तलास गर्दा फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकको आकस्मिक अवस्था सृजना भएपछि बस (सवारी साधन )झण्डै एक घण्टा बेपत्ता भएको थियो ।
न्यु जर्सी प्राथमिक विद्यालय जाने क्रममा बालबालिकाले भरिएको बिधालय सवारी साधन (बस )झण्डै एक घण्टासम्म बेपत्ता भएपछि अधिकारी र जिल्ला अधिकारीहरू तुरुन्तै खोज तलास गरेका थिए ।
सवारी साधन (बस)ले गत बिहीबार बिहान वारेन टाउनशिप(उप नगर)को माउन्ट होरेब स्कूल(बिद्यालय)मा बच्चाहरूलाई लैजाँदै थियो तर गन्तव्यमा पुग्न सकेन, जिल्ला र प्रहरीले एक विज्ञप्तिमा भने।
“बिद्यालय र जिल्ला अधिकारीहरूले तुरुन्तै गाडी (बस) पत्ता लगाउन जिल्लाको यातायात विक्रेता र वारेन उप नगर (टाउनशिप) प्रहरी विभागसँग काम गर्न थालेको ,” विज्ञप्तिमा भनिएको छ।
गाडी केहीबेरमै भेटियो । जिल्ला अध्यक्ष म्याथ्यू मिङ्गल र वारेनका प्रहरी प्रमुख विलियम केनले चालकलाई चिकित्सा आकस्मिक अवस्थाको सामना गर्नुपरेको र विचलित भएको थियो भनि बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
ब्रिजवाटरका प्रहरी प्रमुख जोन मित्जाकले ८० वर्षीय बस(सवारी साधन) अर्को गाडी सँग पछाडि ठोक्किएको एनबीसी न्यूयोर्कलाई बताए । उक्त बिद्यालयको गाडीमा किन्डरगार्टेन (बालबिहार) देखि पाँचौं कक्षासम्मका २० बालबालिका सवार थिए ।
मिङ्गल र केनले कुनै पनि बालबालिका घाइते नभएको र नयाँ गाडीमा राखेर विद्यालय लगिएको बताए।
प्रतिक्रिया