कविता-आमाको यादमा

सूर्य गौतम फेदीखोला गाउँपालिका-२ स्याङ्जा । २०८० वैशाख ३० गते १२:४२ मा प्रकाशित

जन्म दियौँ आमा तिमीले छोडीगयौँ कहाँ
झल्को आउँछ आमा तिम्रै दिनदिनै यहाँ
आमा भनी बोलाउन मन लाग्दा
कसलाई बोलाउने आमाको याद आउँदा ।

खेल्छन् साथीभाइ आमाको काखैमा
टुलुटुलु हेर्छु म आमाको यादैमा
रहेछन् आमाका दिदी र बहिनी
आमा भए जस्तो नहुने कोही नि ।

आमा तिम्रो याद आउँदा खेरिमा
रुन्छु कहिलेकाहीँ उठेर रातिमा
याद आउने रहेछ जीवनै भरी नै
आमासँग छुटेर पन्ध्र दिनमै ।

हजुरआमाको काखैमा रमाउँदा
आमाको याद त्यसैमा हराउँदा
बिर्साएको थियो त्यसले आमालाई पहिले
हजुरआमा नि नहुँदा याद आयो अहिले ।

आमाको काखैमा रमाउने बेलामा
हिड्नु पर्यो अर्कैको मेलामा
चाडबाड आउँदा तिम्रै याद आउनी
जति बाहिर हाँसे पनि उति मन छ रुनी ।

घाइते भयौ राम्रो उपचारै पाइनौ कि
छोरो भनी काखैमा लिन नि पाइनौ नि
आमा तिम्रा रहर अधुरै रहे नि
केही गर्न सकिन म छोरो भए नि ।

मुहार तिम्रो कस्तो थियो थाहा छैन
फोटो हेरी मन मेरो मान्दैन
मिल्छ भने एकचोटि आइदेउ न
सपनीमा एकचोटि छाइदैन न ।

सूर्य गौतमफेदीखोला गाउँपालिका-२ स्याङ्जा

प्रतिक्रिया