रुसले युक्रेनमा अमेरिकी निर्मित पेट्रियट क्षेप्यास्त्र रक्षा प्रणालीलाई नष्ट गर्न खोज्दै : अमेरिकी अधिकारी

इनेप्लिज २०८० वैशाख ३० गते ११:१५ मा प्रकाशित

रुसले युक्रेनमा अमेरिकी निर्मित पेट्रियट क्षेप्यास्त्र रक्षा प्रणालीलाई नष्ट गर्न खोजेको अधिकारीहरूले बताएका छन् ।

रुसले गत हप्ता युक्रेनमा अमेरिकामा निर्मित प्याट्रियट हवाई रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम)लाई आवाज भन्दा पनि छिटो मार हान्ने क्षेप्यास्त्र (हाइपरसोनिक मिसाइल)ले नष्ट गर्ने प्रयास गरेको दुई अमेरिकी अधिकारीहरूले सीएनएनलाई भने।

आक्रमण असफल भयो । र ,युक्रेनी सेनाले यसको सट्टा प्याट्रियट प्रणाली प्रयोग गरेर क्षेप्यास्त्रलाई रोके । युक्रेनमा आइपुगेको केही हप्ता पछि उन्नत वायु रक्षा प्रणालीले सफलता हासिल गरेको छ ।

युक्रेनी वायु रक्षकहरूले रूसी क्षेप्यास्त्रलाई रोक्नको लागि विभिन्न कोणहरूमा प्याट्रियटबाट धेरै क्षेप्यास्त्रहरू प्रहार गरे, उनीहरूले शक्तिशाली प्रणाली प्रयोग गर्दै छिटो निपुण भएका छन्, एक अधिकारीले भने।

प्याट्रियट क्षेप्यास्त्र प्रणालीसँग लामो दूरीमा आउने लक्ष्यहरू पत्ता लगाउन शक्तिशाली तेजोन्वेष (रेडार )छ, यसले प्राक्षेपिक क्षेप्यास्र (ब्यालिस्टिक मिसाइल)हरू र थप कुराहरू रोक्न सक्षम वायु रक्षा मन्च बनाउँछ भनि सिएनएनले उल्लेख गरेको छ ।

तस्बिर कृतज्ञता : अमेरिकी सैनिक युरोप

प्रतिक्रिया