बिदेशीहरुले आमाको मुख हेर्ने दिन(मदर्स डे )आगामी मे १४ का दिन मनाउने भएका छन् । जस्तो देश उस्तै भेष भने झैँ अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले बिदेशीहरुले मनाउने चाडपर्व र उत्सव पनि मनाउने भएकोले आगामी मे १४ आइतबारका दिन पनि मनाउने छन।
तस्बिर कृतज्ञता : राजीव श्रेष्ठ । अमेरिकामा बिदेशीहरुले मनाउने चाडपर्व र उत्सवमा बिदा समेत हुनाले अमेरिकामा जन्मिएका दोश्रो पुस्ताको लागि पनि यस्ता चाडपर्व मनाउनु पर्ने हुनाले नेपाली समुदायले सहित मनाउछन । त्यति मात्र हैन ,नेपाली चेली बेटी/महिलाहरुले थुप्रैले बिदेशीहरुसंग बैबाहिक सम्बन्ध गासेकोले अझ मदर्स डे अर्थात् मातातीर्थ औशी मनाउने गरेका छन्।
नेपालको मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन गत अप्रिल महिना मै मनाएता पनि अमेरिका आउदै गरेको आमाको मुख हेर्ने दिनलाई पनि पुरै नमनाएता पनि आंशिक रुपमा भए पनि मनाईन्छ ।
आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
नेपालमा आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । अमेरिकामा पनि घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका विभिन्न राज्यहरुबाट आमाको घर पुग्ने गर्छन ।
आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ,
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
अमेरिकामा रहेका नेपाली समुदायले नेपालमा रहेका आमालाई यहीबाट सम्झी कुराकानी र आमालाई सिधै अनुहार हेरेरै ढोग्दै आशिर्वाद समेत गत अप्रिलमै लिई सकेका छन् । तर पनि आगामी मे १४ का दिन अमेरिकामा पनि मदर्स दे (आमाको मुख हेर्ने दिन )भएकोले के गरौ भन्ने दुबिधामा पनि नेपाली समुदाय पर्छन । पहिलो पुस्ताले भन्दा अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले अमेरिकामा रहेका आमासँग यही दिन मनाउन जोड गर्छन ।
अमेरिकामा मनाइने आमाको मुख हेर्ने दिन कै अवसरमा अमेरिकामा रहदै आएका नेपालका प्रसिद्ध तथा चर्चित छायाचित्रकार(फोटोग्राफर) राजीव श्रेष्ठले पनि केही तस्बिरहरु समेत कैद गरेका छन।
उनि नेपालीहरुको उत्सव ,पर्व र चाडका अवसरमा यसरी नेपाली संस्कृति,कला र चाडपर्वलाई बिदेशी भूमिमा पनि त्यतिकै प्रवर्द्धन ,जगेर्ना गर्न अमेरिका आए देखि आफ्नो पेशालाई निरन्तरता दिदै आई रहेका छन् ।
श्रेष्ठले त्यति मात्र हैन दोश्रो पुस्ताका प्रतिभावान किशोर/किशोरी र नेपाली कला संस्कृति सहितलाई जगेर्ना गर्न चाहना राख्ने उत्साहित सबैलाई प्रोत्साहन गर्ने गर्छन । यस पटक पनि उनले आफ्नो अमुल्य समय निकाली आमाको मुख हेर्ने दिन केही तस्बिरहरु कैद गरेका छन् ।
प्रतिक्रिया