न्यूयोर्कका रिपब्लिकन दलबाट बिजयी भएका बिबादास्पद अमेरिकी सांसद जर्ज सान्टोसले आफू १३ वटा संघीय आरोपहरूमा निर्दोष भएको दाबी गरेका छन् । उनलाई कोभिड-१९ बेरोजगारी लाभसँग सम्बन्धित धोखाधडी, चुनावी अभियान कोषको दुरुपयोग , कालो धनलाई सेतो बनाउने( मनी लान्ड्रिंग) ,आफ्नो व्यक्तिगत वित्तको बारेमा झूट बोलेको आरोप सहित १३ संघीय आरोपहरूमा दोषी नभएको स्वीकार गरेका छन् ।
३४ वर्षीय सांसद सान्टोसलाई बुधबार बिहान पक्राउ गरिएको न्याय विभागले जनाएको छ। लङ आइल्याण्ड, न्यूयोर्कमा बुधबार हिरासतमा लिइएका विवादित कांग्रेसका सदस्यले आफ्नो अभियोगमा सबै गणनामा दोषी नभएको स्वीकार गरे पछि त्यसपछि धरौटीमा रिहा गरिएको हो ।
उनले संघीय अदालतमा अमेरिकी न्यायाधीश अर्लेन लिन्डसेसमक्ष आफ्नो अभियोगमा दोषी नभएको स्वीकार गरे। त्यस पछि उनलाई ५ लाख डलर धरौटीमा रिहा गर्न आदेश दिइयो र आफ्नो राहदानी आत्मसमर्पण गर्न सहमत भए ।
आरोपहरूमा बिधुतिय धोखाधडीको ७ वटा गणना, अवैध धनलाई वैध बनाउने ( मनि लान्ड्रिंग)मा ३ वटा गणना, सार्वजनिक कोषको चोरीको एक गणना, र अमेरिकी प्रतिनिधि सभामा भौतिक रूपमा झूटा बयान दिने दुई गणनाहरू समावेश गरिएको थियो ।
लङ आइल्याण्डको संघीय अदालतबाहिर पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आफ्नो मुद्दा “दोषी प्रमाणित नभएसम्म निर्दोष” रहेको बताए।
“मलाई निर्दोष साबित गर्न लड्ने मेरो अधिकार छ,” उनले भने।
जमानतमा रिहा भएका नयाँ कांग्रेस सदस्यले उनी बिहीबार अमेरिकी तल्लो सदनमा बहुमत रहेको रिपब्लिकनको सीमा सुरक्षा विधेयकमा मतदान गर्न वाशिंगटन फर्कने बताए ।
“म भोलि फर्केर मतदान गर्नु पर्छ,” सान्टोस भने। “संचार माध्यम निर्णायक वा न्यायाधीश होइन” भन्दै उनले आफ्नो निर्दोषताको प्रमाण “यस अदालतमा न्यायविद् र न्यायाधीशलाई प्रस्तुत गर्ने बताए ।
प्रतिक्रिया