पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

इनेप्लिज २०८० वैशाख २६ गते ११:१९ मा प्रकाशित

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।

इस्लामाबादका आईजीले पूर्वप्रधानमन्त्री खानलाई अल–कादिर ट्रस्ट केसमा पक्राउ गरिएको बताएका छन्। उनले पूर्वप्रधानमन्त्री खानको अवस्था सामान्य रहेको बताए। 

इस्लाबाद प्रहरीले खानमाथि संविधानको धारा १४४ लागू गरिएको बताएको छ। संविधानको उक्त धाराको उल्लंघन गरेमा कारबाही गरिने प्रहरीको भनाइ छ।  

गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।

खान २ वटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।

पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । उक्त भिडिओ सार्वजनिक गरेको ४ घण्टा पस्स्चात उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया