अमेरिकाको टेक्सस राज्यको एलेन आउटलेट मल (एलेन बिशाल बजार पसल)मा गोली काण्डमा मारिने मध्ये एक भारतीय मूलकी ऐश्वर्य थातिकोण्डा भएको पुष्टि भएको छ । सिएनएन सम्बद्ध डब्लुएफएएका अनुसार ऐश्वर्य थातिकोण्डा एक साथीसँग उक्त मल(बिशाल बजार) भ्रमण गर्दा मारिएकी थिइन् ।
तेलुगु एसोसिएसन अफ नर्थ अमेरिका (टाना) का प्रवक्ता अशोक कोल्लाले सिएनएनलाई थातिकोण्डा २८ वर्षको हुन केही दिन बाकी रहको बताए । संस्थाले संयुक्त राज्य अमेरिकामा तेलुगु समुदायलाई मद्दत गर्छ।
परिवार र साथीहरूले थातिकोण्डा एकलाई मायालु र मेहनती महिलाको रूपमा वर्णन गरेको कोल्लाले भने। उनि पेशाले अभियन्ता(इन्जिनिय)रको रूपमा काम गरेकी थिइन् । उनी स्नातकोत्तर गर्न करिब पाँच वर्षअघि अमेरिका आएकी थिइन् । उनले सन् २०२० मा पूर्वी मिशिगन विश्वविद्यालयबाट त्यो दर्जा (डिग्री) हासिल गरेकी थिइन्।
विश्वविद्यालयले टेक्ससको बाहिर एक मलमा शनिबारको गोलीबारीमा मारिनेहरूमध्ये थातिकोण्डा एक रहेको थाहा पाउँदा हामी दुःखी भएका छौ भनि एक विज्ञप्ति जारी गरेको छ ।
थातिकोण्डा म्याककिनीमा बस्थिन तर उनको परिवारले भारतमा आफ्नो घरबाट उनि गुमाएकोमा शोक गरिरहेको सिएनएनले जनाएको छ । परिवारले उनको शव भारत पठाउने योजना बनाएको कोल्लाले बताए।
प्रतिक्रिया