मेरिल्याण्डको चार्ल्स काउन्टीमा डीसीका अग्नि नियन्त्रकको गोली हानी हत्या

इनेप्लिज २०८० वैशाख २५ गते २२:४३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीमा डीसीका अग्नि नियन्त्रकको गोली हानी हत्या भएको छ ।

मेरिल्याण्डको ब्रायन्स सडक स्थित उनको छिमेकमा राती गोली लागेर एक डीसीका अग्नि नियन्त्रक (फायर फाइटर)को मृत्यु भएको एनबिसी वाशिंगटनले जनाएको छ ।

उनलाई सोमबार बिहान मे ८ का दिन ब्रायन्स सडक स्थित मेरील्याण्डमा उनको छिमेकमा गोली हानी मारिएको थियो। ३० बर्षिय अग्नि नियन्त्रक मृतक कार्ल ब्रेक्सटन भएको पुष्टि भएको छ । उनि आफ्नी प्रेमिकासँग बस्दथे भने उनका दुई छोराहरु रहेका छन् ।

छिमेकीहरूले एनबिसी वाशिंगटन (न्यूज४ )लाई उनीहरूले पुरुष र एक महिला बीचको घरेलु झगडा भएको देखेको बताए। अर्को मानिस आफ्नो कुकुरलाई लिएर हिड्दै थिए र त्यो मानिस हतियारधारी भएको बताए ।

एक छिमेकीका अनुसार उनी बन्दुकको गोलीले ब्यूँझिएकी थिइन् र त्यसपछि एउटी महिला रोइरहेको सुनेको बताइन । ब्रेक्सटन डिसी दमकल बिभागमा ८ बर्ष देखि संलग्न रहेका थिए ।

प्रतिक्रिया