अलबिदा प्रमिला!

इनेप्लिज २०८० वैशाख २५ गते २२:१३ मा प्रकाशित

कृष्ण सादगी

तिम्रो प्रेम-प्रतिज्ञा, प्रयास र प्रयोगलाई सलाम छ।
तिम्रो निष्ठा, त्याग, साहास र संघर्षलाई सम्मान छ।

प्रमिला- भारी मन मटुले
‘भावपुर्ण श्रद्धान्जली’ लेख्दैछु
आज तिम्रो अन्तिम बिदाईमा
असह्य गहिरो पीडाबोध गर्दैछु।

जन्मेपछी मर्नु त निश्चित छ
र, यो साश्वत सत्य नबुझ्ने को छ ?
रहस्यमयी पर्दामा छिपेको यो मोक्ष-यात्रा
आज किन यति निष्ठुर र निर्मम बन्न पुग्यो?

बिगत् सम्झदैछु
जब तिमी रामसंग प्रेमको
अंकुरण अवस्थामा थियौ
कति प्रष्ट! कति निडर ॥
कति सरल! कति सहज॥
तिम्रा ती हरेक कदमका
हरेक सुख र दुख क्षणका
साक्षी बनेर मैले जे अनुभुत गरें
त्यो आज मन मुटु मथिंगल रित्याएर
अलबिदा लेख्न सामर्थ्य जुटाउँदैछु।

भरखरै अंकुरित पवित्र प्रेम सहित
जब तिमी रामसंग धेरैधेरै पटक
मलाई भेट्न आई रहन्थ्यौ,
तिमीले चालेका ती हरेक कदममा
म- रामको आँखामा आनन्द देख्थें
तिमीले दिएको साथ र भरोषामा,
म- रामको सधै हित भेट्थें
तिम्रो बोलीको हरेक शब्दमा
म- रामको मिठो गित सुन्थे।

तिमी दुईको प्रेम कथा
उम्दा उदाहरण थियो
तिमी दुईको सम्बन्ध-गाथा
कहिले हिमाल झै अग्लो अटल हुन्थ्यो
कहिले हिमनदिको पानी झै
पवित्र निर्मल जल बन्थ्यो
जबजब तिमीहरुका बिगतका ती दिनहरु
एक पछी अर्को गर्दै मेरो स्मृतीको ऐनाबाट
हर-घटनालाई आज पुन: नियाँली रहेछु
मेरा आँखामा आँशुको झरी बर्षिरहेछ।

तिमी निडर थियौ-
रामसंग प्रेमको सागरमा डुबिसकेकी थियौं
प्रष्टसँग अपरिवर्तित चट्टान झै उभिन सक्थ्यौ।
घर परिवारका लागि तिमी उज्यालो नक्षत्र थियौ
तिमीमा अदम्य साहास कहाँबाट अउथ्यो कुन्नी
तिमी आम नेपाली महिलाहरु भन्दा
सोचाई, बुझाई र काम गराईमा फरक थियौ ।

ज्वारभाटा झै बेजोडको हुटहुटी थियो तिमीमा
तिमीले सधैं नयाँ सम्भावनाहरुको खोजी गर्यौ
त्यसैले तिमीहरु धेरै राज्यमा बसाई सरीरह्यौ
नयाँ ठाउँ र बिषय क्षेत्रमा निरन्तर लागिरह्यौ
कंचनजंघा-फेदीको कन्चन बृक्ष बनेर तिमी
सिंग्गो महादेश जत्रै देशको पुर्व पश्चिम उत्तर दक्षिण
चारै तिर आफुहरुलाई सधैभरी एक्सप्लोर गरिरह्यौ।

मेरो मित्र रामको तिमी सिता थियौ,
महाभारतमा अर्जुनको सारथी कृष्ण झै
राम, प्रमिस र मानवको जिवन-यात्रामा
तिमी बढो बलियो र गर्विलो सारथी थियौ।

निस्ठुरी दैवले
राम-प्रमिस र मानवबाट यतिचाँडै
यसरी हरेर लैजान सक्छ भन्ने
किन्चित संकेत मात्रै हुँदो हो त
आज हामीहरु
तिमीलाई अल्पायुमा अन्तिम बिदाई गर्न
किन बाध्य हुन्थ्यौ होला र?

जन्मेपछी सबैले मर्नु पर्छ एक दिन
ढिलो-चाँडो र अघी-पछी मात्रै हो
तर तिमी करेन्टको झड्का झैं
निमेश भरमै बिलुप हुन पुग्यौ
सबैबाट अचानक बिदा लियौ।

लाग्छ- जिवनको अर्थ राम्रो बुझेकी थियौ-
त्यसैले सामाजिक कर्ममा पनि सक्रिय बन्यौ
केही गरेर देखाउने हुटहुटी थियो तिमीमा
त्यसैले तिमी जिवनभर
कहिल्यै थाकेनौ! कहिल्यै गलेनौ।
कहिं कतै किंचित डगमगाएनौ
प्रमिला- तिमीले बास्तवमा
एक सार्थक जिवन बाँचेर गयौं।

अलबिदा प्रमिला!
तिम्रो प्रेम-तिम्रो प्रतिज्ञा, तिम्रो प्रयासलाई सलाम छ
तिम्रो निष्ठा, तिम्रो साहास र तिम्रो संघर्षलाई सम्मान छ।

प्रतिक्रिया