रुसद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण

इनेप्लिज २०८० वैशाख २४ गते २२:३८ मा प्रकाशित

रुसद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण गरेको छ । रुसी सेनाले देशमा व्यापक हवाई आक्रमण सुरु गरे पछि आइतवार साँझ युक्रेनका धेरै क्षेत्रहरूमा हवाई सतर्कता (एयर अलर्ट )चेतावनी घन्टीहरु बजाईएका थिए ।

युक्रेनको ओदेसा, कीभ, जापोरिझिया, निप्रोपेट्रोव्स्क, खेरसन र माइकोलाइभ क्षेत्रहरू सहित मध्य र दक्षिणपूर्वी युक्रेनमा सतर्कता (एयर अलर्ट )चेतावनी घन्टीहरु बजाईएको छ ।

ख-२२ क्षेप्यास्त्रहरू ओडेसा तर्फ प्रक्षेपण गरिएको संचार माध्यमहरुले जनाएका छ । आक्रमणको जवाफमा वायु रक्षा प्रणाली सक्रिय गरिएको थियो र यस क्षेत्रमा बारम्बार विस्फोटहरू सुनिएको अनौपचारिक संचार माध्यमले समाचारका विवरणहरु दिएका छन् ।

प्रतिक्रिया