अमेरिकाको टेक्सस राज्यको एलेन शहर ड्यालस शहरदेखि उत्तरी उपनगर क्षेत्रमा गत शनिबार भएको एलेन आउटलेट मल (एलेन बिशाल बजार पसल )मा गोली काण्ड गर्ने बन्दुकधारीको पहिचान भएको छ ।
संदिग्ध बन्दुकधारीले सुरक्षाकर्मी (सेक्युरिटी )गार्डका रूपमा बन्दुक चलाउने तालिम लिएका थिए भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
उनि ३३ बर्षिय माउरिसियो गार्सिया भएको पुष्टि भएको छ । टेक्ससको सार्वजनिक सुरक्षा विभागले राखेको टेक्सस बिधुतिय (अनलाइन )निजी सुरक्षा तथ्यांक अनुसार गार्सियालाई अप्रिल २०१६ देखि अप्रिल २०२० सम्म टेक्ससमा प्रमाणपत्र प्राप्त सुरक्षाकर्मी (कमिसन्ड सेक्युरिटी गार्ड)को रूपमा काम गर्न अनुमोदन गरिएको थियो।
उनि कम्तिमा तीन वटा सुरक्षा संस्था (कम्पनी)हरूमा काम गरेको देखाउँछ भनि सिएनएनले उल्लेख गरेको छ । एलेनका प्रहरी प्रमुखका अनुसार शनिबार एक प्रहरी अधिकारीले बिशाल बजार बाहिर बन्दुकधारीलाई मारेका थिए। उक्त गोलीकाण्डमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका थिए ।
प्रतिक्रिया