मेरिल्याण्डको एक बिद्यालय बस(यात्रीयान)मा बालकलाई गोली हान्न प्रयास गर्दा बन्दुक नचलेकोले बिधार्थीहरु बालबाल बचे

इनेप्लिज २०८० वैशाख २२ गते १०:५२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा एक बिद्यालय बस(यात्रीयान)मा बिधार्थी (बालक)लाई गोली हान्न बन्दुक ताकेका एक संदिग्धको बन्दुक नचलेकोले बिधार्थीहरु बालबाल बचेका छन् ।

प्रहरीका अनुसार मेरिल्याण्डको अक्सन हिल नामक शहरको एउटा बिद्यालयमा हाते बन्दुक बोकेका एक युवाले बालकलाई गोली हान्न खोजे र बन्दुक खराब भएको प्रहरी अधिकारीहरूले भने। प्रहरी बिभागले यसै सिलसिलामा शंकास्पद तीन जनाको खोजी गरि रहेको बताएको छ ।

पीडितको उमेर खुलाइएको छैन। तीन युवाहरूले कुटपिट गरे तर गोली नहानी भाग्न सफल भएका छन् ।

प्रिन्स जर्ज काउन्टी प्रहरीले विद्यार्थीहरूलाई छोड्नको लागि इभरसन मार्गमा बिद्यालय गाडी (स्कूल बस )रोकेको बताएको छ। बिद्यालय गाडी (बस )रोकिने बित्तिकै तीन जना चढे र बालकलाई आक्रमण गर्न थाले।

एकजना संदिग्धहरूले एउटा बन्दुक देखाए र पीडितलाई धेरै पटक गोली हान्ने प्रयास गरे । तर असफल भयो । तर जासूसहरूले हतियार खराब भएको एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अधिकारीहरूले लगभग ४:५५ मा उनीहरु त्यहाँ पुगेका थिए । गाडीमा बसमा गोलाबारुद भेटिएको छ भने घाइतेलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । तीन संदिग्धहरू नाबालिगहरू हुन् सक्ने एनबिएस वाशिंगटनले सामाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया