नेपाली अमेरिकी नर्सहरू र स्वास्थ्यकर्मीहरूलाई बानाले सम्मान गर्दै

इनेप्लिज २०८० वैशाख २१ गते १८:३७ मा प्रकाशित

बाल्टिमोर – बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले राष्ट्रिय नर्स सप्ताह  बिशेष कार्यक्रमका साथ मनाउन गैरहेको छ । कार्यक्रममा मेरिल्याण्ड र वरपरका रहेका नेपाली अमेरिकी नर्सहरू र स्वास्थ्यकर्मीहरूको अमूल्य योगदान र अथक प्रयासलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

राष्ट्रिय नर्स सप्ताह एक वार्षिक उत्सव हो जसले स्वास्थ्य सेवा प्रणालीमा नर्सहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई प्रोत्साहन गर्दछ। यस वर्ष, बानाले यी स्वास्थ्य सेवा नायकहरूको समर्पणलाई कृतज्ञता व्यक्त गर्न र सम्मान गर्न धन्यवाद डिनरको आयोजना गरेको छ। कार्यक्रमले सहभागीहरूलाई एकआपसमा जोडिन र उनीहरूका अनुभवहरू साझा गर्ने अवसर प्रदान गर्नेछ।

कार्यक्रम विवरण:

Date: 7th May, 2023 (Sunday)

Time : 5:00PM

Venue: BANA Community Resource Center

2906 Taylor Ave Parkville 21234

कार्यक्रममा सहभागी हुन चाहने नर्स र स्वास्थ्यकर्मीहरूलाई https://forms.gle/5Ms1DN3jCH7y1i5b7 मा उपलब्ध अनलाइन फारम भरेर दर्ता गर्न अनुरोध गरिन्छ। दर्ताको लागि अन्तिम मिति 06 May, 2023 रहेको छ ।

प्रतिक्रिया