प्रधानमन्त्रीले गरे नवौं पटक मन्त्रीपरिषद् विस्तार: कांग्रेसका धनराज, मोहन र डिगबहादुर बने मन्त्री

इनेप्लिज २०८० वैशाख २० गते २१:५९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका हुन् । 

कांग्रेसबाट आज मन्त्री बनेका गुरुङ र लिम्बु शेखर, गगन समूहका हुन् भने बस्नेत सभापति शेरबहादुर देउवा निकटका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्रीले तीन जना नयाँ मन्त्री बनाएका हुन्। कांग्रेसले पाएको ८ मन्त्रालयमा यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन्।

यसअघि नै प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। नवौं पटक मन्त्रीपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन सकेनन्।

प्रतिक्रिया