दुई १० वर्षका बच्चाहरू केन्टकीको लुइभिल शहरको म्याकडोनाल्डमा काम गरिरहेको फेला परेका छन ।
बिहानको २ बजे सम्म काम गरि रहेको अवस्थामा फेला पारेको श्रम विभागले मंगलबार बताएको छ ।
यो खुलासा दक्षिणपूर्वमा बाल श्रम कानून उल्लङ्घनको अनुसन्धानको एक हिस्सा रहेकोले अमेरिकी कानुन अनुसार कारवाहीमा पर्ने देखिएको छ ।
सॅस्था( एजे्न्सी)ले केन्टकी, इन्डियाना, मेरील्याण्ड र ओहायोमा ६० भन्दा बढी म्याकडोनाल्ड स्थानहरूको स्वामित्वमा रहेका तीन वटा स्थानहरुमा बालकहरु फेला पारेका छन ।
“कानूनी रूपमा अनुमति दिइएको घण्टाभन्दा बढी काम गर्न र युवा कामदारहरूका लागि कानूनद्वारा निषेधित कार्यहरू गर्न ३०५ बालबालिकालाई रोजगारी दिएको श्रम विभागले जनाएको छ ।
दुई जना १० वर्षका बच्चाहरूलाई काममा राखिएको थियो तर तलब नदिएको र कहिलेकाहीँ २ बजे बिहान सम्म काम गर्थे भनि सिएनएनले जनाएको छ ।
प्रतिक्रिया