नेपाली पाठशाला मेरिल्याण्ड सुरु गर्दाका केहि अनुभवहरु रामु बिस्वाकर्मा, पिएचडी, मेरिल्याण्ड

इनेप्लिज २०८० वैशाख १९ गते ११:१२ मा प्रकाशित

यो हफ्ता नेपाली पाठशाला मेरिल्याण्डको चौथो बार्षिक उत्सव मनायौं । २०१९ को अप्रिल २१ (बैशाख ८, २०७६) गते औपचारिक रुपमा सुरु गरिएको पाठशाला मेरो आफ्नो परिवारको लागि र Montgomery, Frederick र Columbia County मा बस्ने समस्त नेपाली बालबच्चाहरुलाई नेपाली भाषा सिक्नकालागि अत्यन्त महत्वपुर्ण स्कुल साबित भै सकेको छ ।

आफ्नै बच्चालाई नेपाली बोल्न र लेख्न सिकाउने इच्छा, समुदायका बालबालिकालाई पनि फाइदा हुने, अनि नेपाली अमेरिकन समुदाय नजिक आउने र बलियो हूने सम्भावना देखेर मैले मेरो जीवनको केहि अमुल्य समय पाठशाला सुरु गर्न र नेतृत्व दिई संचालन गर्नमा लगाए । यसमा म लगाएत मेरी श्रीमती (बबिता श्रेष्ट) र नजिकका केहि साथीहरुले अत्यन्त उतुसुकतापुर्वक आफ्नो अमुल्य समय र बौद्धिकता दिएर साथ दिए ।फलस्वरूप पाठशाला को जन्म र संचालन सुरु भयो ।

पाठशाला मेरो जीवनमा घटेका बिहिन्न घटनाहरु मध्ये एउटा अबिस्मरनय घटना हो र रहीरहने छ । यो संस्थाको सुरुवात र Founding प्रिन्सिपल भै संचालन गर्दाको अनुभवबाट मैले सिकेका र बुझेका केहि महत्वपुर्ण अनुभवहरु यहाँ बाड्ने जमर्को गरेको छु, शायद अरु कसैलाई यसबाट पाठशाला जस्तै सँस्था खोल्न वा चलाउन केहि मद्दत वा हौशला पुग्ने छ भन्ने आशा लिएको छु ।

१. आबश्यक्ताको महशुस — कुनै पनि कुरा, बस्तु वा कामको सुरुवात त्यसको अवश्यकताको महशुस बाट हुन्छ भन्ने कुराको प्रतक्ष्य प्रमाण नेपाली पाठशाला मेरिल्याण्ड हो । तर आबश्यकता महसुस मात्रले पनिएक्सन आउदैन भन्ने जिवन्त उदाहरण पनि पाठशाला हो । आबश्यकता महशुश को तिब्रता कति छ, त्यसले निर्धारण गर्ने रहेछ हामी सोचाईबाट एक्सनमा आउछौं कि आउदैनौ भनेर । नेपाली भाषा पढाउने इच्छा अरुलाई नभएको होइनथ्यो मेरिल्याण्डमा; कतिले आफ्नो घर-घर बाट अथवा सानो टोलि बनाएर गरेका पनि थिए । तर एउटा संगठित संस्था जहाँ सबै जनाले भाषा सिक्ने र घुलमेल हुने मौका पाउन भन्ने
आबश्यकताको तिब्र सोचाई जुन म र नेपाल शिक्षा तथा सांस्कृति केन्द्रका तत्कालिन पण्डित खिलराज पण्डितमा आयो, त्यसले पाठशाला छिटै खोल्नु पर्छ भन्ने हाम्रो बिश्वाशलाई एक्शनमा बदल्न सहयोग गर्यो ।

२. सम्भावनाको खोजि र समूह निर्माण- पाठशाला एउटा सम्भावनाको खोजिको परिणाम पनि हो । आबश्यकता महशुसलाई परिणाममा बदल्न गरिने सम्भावनाको खोजि मध्येको पहिलो खोजि समूह निर्माण रहेछ जुन हामीले गरेका थियौं । यो प्रक्रिया बौद्धिक र भावनात्मक दुवै पक्छहरुको ब्यायाम (excercise) हुदो रहेछ । कसरि समूह (team) का सदस्यहरु खोज्ने? कस्ता कस्ता मान्छेहरुलाई समूहमा लिने भन्ने कुरा रणनैतिक हुदो रहेछ किनभने प्रत्येक सदस्य जो समूहमा हुन्छन, उनीहरुको सोचाई र विचारले संस्थाको बिउ निर्माणमा असर पर्छ । फुल कस्तो फुल्छ भन्ने कुरा बिउमा निर्भर हुने भएकोले हामीले संबेदनशिल तरिकाले पाठशालाको भबिष्य र सम्भावनाको खोजि गर्दै एउटा कार्य-समूह निर्माण गर्यौं ।

३. सिस्टम्स थिन्किंग र आधारशिला निर्माण — कुनै पनि सामुदायिक काम गर्दा त्यो काम संग आबद्दमा आउन सक्ने संघ-संस्था र व्यक्तिहरुले कसरि लिन्छन र उनीहरु को समस्टिगत अवश्यकता, अनुभव, विचार र चाहना पुरा हुन्छ कि हुदैन भन्ने कुरा पनि महत्वपूर्ण पक्ष हुदो रहेछ संस्था निर्माण गर्दा । हामीले पाठशाला सुरु गर्दा धेरै संस्था र व्यक्तिहरु संग छलफल गर्यौं । उनिहरुबाट राय सल्लाह र सुझाब लियौं, उनीहरुको अनुभव र चाहनाहरुलाई समेटेर पाठशालाको आधारशिला निर्माण गर्यौं ।

४ . समूह बिकाश – सम्भावनाको खोजि र समूह निर्माणको पाटो मध्ये समूह बिकाश संस्था निर्माणमालागिपरि राख्नु पर्ने मध्ये एक महत्वपुर्ण काम रहेछ । समूह भन्ने बित्तिकै फरक फरक अनुभव, सोचाई र ज्ञानको जुटाई भएकोले एउटा अत्यन्त कौशल सहजकर्ता जसले सबै जनाको ब्यक्तितव र “म” अर्थात इगो पक्षलाई सम्हालेर उपयुक्त दिशामा लैजान सक्छ त्यस्तो मान्छे को जरुरि हुदो रहेछ । तेही कामलाई नै आम भाषामा नेत्रित्त्व पनि भनिन्छ । सुरुका बर्षहरुमा यो काम झनै महत्वपूर्ण हुन्छ किनकि समूह पूर्णरुपमा बिकाश भएको हुदैन । मैले यो कामलाइ अत्यन्त संबेदनशील तरिकाले महसुश गरेको थिए र तेही अनुरुप
काम पनि गरियो ।

५ . निरन्तरता – गन्तब्यमा पुग्न यात्रा सुरु गरेर मात्रै हुदैन, यात्राको निरन्तरता हुनै पर्ने रहेछ । पाठशाला कुनै rocket science नभए पनि सानो सानो कामहरु जस्तै notetaking देखि, अन्तरिक र बाहिरी stakeholders संग को छलफल र समन्व्यता, प्लान्निंग, र नियमित क्रियाकलाप संचालनको निरन्तरताले पाठशालासंग आबद्द सम्पूर्ण अभिवावक, बिद्यार्थी र शिक्षक अनि सहयोगीहरुमा संस्थाप्रति राम्रो प्रभाव बन्न गयो जसले गर्दा सबै जनाको बिचमा पाठशालाप्रति विश्वास सिर्जना भयो ।

६. नविनता र गुणस्तर (Innovation र Quality) मा ध्यान – काम गरेर मात्रै पनि पुग्दैन, उच्च कोटीको (top quality) काम भयो भने मात्र सबैजनाबाट बिश्वास र अझै थप राम्रो काम गर्न आसा र सहयोग आउदो रहेछ भन्ने कुरा पाठशालाको अनुभवले सिकायो । पाठशालामा हुने सबै कामहरु, हफ्तैपीछे अभिभावकलाई पठाइने पाठशाला सूचना, पढाउने शैली र तरिकाहरु, बिद्यार्थीहरुको सुरक्षा प्रवन्धहरु, कक्षाभन्दा बाहिर हुने क्रियाकलापहरु (बार्षिक बनभोज, बिद्यार्थी को प्रतिभा प्रदर्शन (talent show) जस्ता कार्यक्रमहरु) अत्यन्त संगठित र ब्याबसाहिक (professional) तरिकाले गरियो । अनि हरेक सानो भन्दा सानो कुरा लाई सुधारिकरण गर्ने प्रयास गरियो, जसको कारणले बिद्यार्थीहरुको सिकाई, अभिवावकहरुको बिश्वास र पाठशाला प्रति सहयोग र भावना अझै गाडा बन्दै गयो ।

७. नँया नेतृत्वहरुको निर्माण: मेरो नेतृत्व पाठशालामा साढे दुइ वर्षको रह्यो । सुरु देखि पाठशाला नछोडुन्जेल सम्म मेरो उदेश्य कसरि पाठशाला पूर्ण समाबेशी र सहभागीमूलक रुपमा चलाउने भन्नेमा रह्यो ।

सबै जसो निर्णयहरु सामुहिक छलफलबाट गरियो । मिटिंगमा राख्ने अजेंडा पनि पूर्ण रुपमा पूर्ण रुपमा समूहबाट छलफल गरेर राखिन्थ्यो । समूह र सामुहिक छलफल, विचार र निर्णयलाई उच्च मान्यता दिए ।

फलस्वरूप प्रत्येक कुरा कार्यकारी समूह भित्र पारदर्शी (transparent) रह्यो र हरेक सदस्यहरु भावी नेतृत्व (next leadership) लिनको लागि पूर्ण रुपमा तयार भए । लिडरशिप मा यौटै व्यक्ति धेरै लामो समय बस्नु हुदैन किनभने नयाँ बिचार र सोचाई आउन नयाँ नेतृत्व आउनु पर्छ भन्ने मान्यतालाई मैले व्यक्तिगत रुपमा अंगालेको थिए ।

यी माथि लेखिएका कुराहरु पाठशाला बिल्कुलै खालीपानाबाट सुरु गर्दा र साढे दुइ वर्षसम्म प्रिन्सिपलको रुपमा नेतृत्व दिदा मैले सिकेका र प्रयोग गरेका अनुभवहरु हुन् । पाठशालाको चौथो वर्षको उत्सव हर्सौल्लासका साथ मनाउदा मेरो खुसिको सिमा रहेन । बिगतमा गरेको मेहनत, प्रयोग, र दिशानिर्देशले राम्रो नतिजा पाएको र आफ्नै बच्चा लगायत सैयौ बिद्यार्थीहरुले नेपाली भाषा र संस्कृति सिक्न पाएकोमा थोरै भए पनि समाजको लागि केहि दिन सकियो भन्ने कुरा मा कृतज्ञ भए, र आफ्नो अनुभवहरु सबैलाई बाड्ने गर्ने जमर्को गरे ।

प्रतिक्रिया