इनेप्लीज । १ मे २०२३
वाशिंगटन डिसी – अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रको सक्रिय संस्था तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनले मे ६ तारिख शनिबारका दिन ” २५६७ औं बुद्ध जयन्ती ” मनाउने भएको छ
म्यारिल्याण्ड राज्यको जर्मन टाउन नजिकै पूल्सभिलको गुम्बामा आगामी मे ६ तारिख शनिबार बिहान ११ बजे ” २५६७ औं बुद्ध जयन्ती ” मनाउने कार्यक्रम तय गरिएको आयोजक संस्था तामांग सोशाईटीका महासचिव रोजी घिसिङ्गले जानकारी गराईन्।
कार्यक्रम हुने मिती र स्थान :
मिती : मे ६ तारिख , शनिबार
समय : बिहान ११ बजे
स्थान : Kunzang Palyul Choling ( KPC )
ठेगाना : 18400 River Road , Poolesville , Maryland 20837
प्रतिक्रिया