अमेरिकाको सियाटलको एक उद्यानमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटना सियाटलको संसद भवन नजिक रहेको उद्यान ( पार्क)मा गोली चल्दा २ जनाको मृत्यु भएको हो ।
गत शनिबार ढिलो सियाटलको क्याल एन्डरसन उद्यान (पार्क)मा दुई व्यक्तिलाई गोली हानीएको र अर्को व्यक्तिलाई गम्भीर अवस्थामा अस्पतालमा लागिएको प्रहरीले बताए ।
सियाटल प्रहरी विभागका अधिकारीहरूले सामाजिक संजाल ट्विटरमा करिब १०:३० राती उक्त घटना भएको थियो । उनीहरूले संसद (क्यापिटल हिल) )नजिकैको उद्यानमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको एबिसी समाचारले उल्लेख गरेको छ ।
एक विज्ञप्ति अनुसार गोली लागेर घाइते भएका तीन जनालाई हेर्न अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
“प्रहरी र सियाटल दमकल बिभागले गोली लागेकोलाई जीवन बचाउने प्रयासको बाबजुद एक व्यक्तिलाई घटनास्थलमा मृत घोषित गरिएको थियो,” प्रहरीले भने। “चिकित्सकहरूले अन्य दुई पीडितहरूलाई हार्बरभ्यू चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा पुर्याएता पनि एक व्यक्तिको पछि मृत्यु भयो र अर्का व्यक्तिको अवस्थामा गम्भीर रहेको छ।”
प्रहरीहरुले अर्को व्यक्तिको खोजी गरिरहेका छन् भने जो गोली काण्डमा संलग्न थिए । अधिकारीहरू आउनु अघि नै घटनास्थल छाडेको प्रहरीले बताए ।
प्रतिक्रिया