टेक्ससका एक व्यक्तिद्वारा सवारी साधन अडान शुल्क ४० डलर ठगी गर्ने एक व्यक्तिलाई गोली हानी हत्या 

इनेप्लिज २०८० वैशाख १६ गते १६:३१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा एक व्यक्तिले सवारी साधन (पार्किङ) शुल्क केवल ४० डलर ठगी गर्ने एक व्यक्तिलाई गोली हानी हत्या गरेका छन् । 

त्यसपछि उनि चुपचापसॅग आफ्नो रात्रिभोजमा गएको अदालतका कागजातमा उल्लेख गरिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।

२९ वर्षीय एरिक अगुइरे गत बिहीबार ह्युस्टनको सडकमा ४६ वर्षीय इलियट निक्सको हत्या गरेको अभियोगमा  अदालतमा उपस्थित भएका थिए ।

जहाँ साक्षीहरूले गोलीबारी भएको देखेका थिए । गत अप्रिल ११ का दिन साँझपख अगुइरेले निक्सलाई ४० डलर भुक्तान गरे पछि पीडितले आफू सवारी साधन अडान क्षेत्र( पार्किग लट)का सहायक भएको दाबी गरेका थिए ।

प्रतिक्रिया