खगेन्द्र अधिकारी, ग्रेटर वासिंटन, डि.सी.
नेपालमा हालै सु-सम्पन्न भएको यस पटकको अर्थात् २०८० को प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनमा पुराना र प्रमुख भनिएका षड्यंत्रकारी राजनीतिक दलहरुको बेइमानी र अरुलाई नजरअन्दाज गर्ने, अरु प्रति आक्रोस र बितृष्णा मच्ताउनेहरुले सचेत नेपाली जनतालाई धकेल्दै अमानवीयता प्रदर्शनी गरेर आँफु नै पराजित हुन पुगी संसारमा रहेका नेपली जनताका सामुन्नेमा घृणित हुन पुगे।
फलस्वरूप आफ्नो पोल्टामा भएको स्पष्ट मत जनप्रिय घण्टीवादी राजनीतिक दलको पक्षमा परिवर्तन भई उनिहरुको पक्षमा जनमतको पुष्प बर्षा नै हुन पुग्यो। “भुलिगए पाप लाग्ला” भन्ने बुझाईमा ध्यानाकर्षण गरेर चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ का ईश्वर रुपी जनताले रबि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई ऐतिहासिक रुपमै स्पष्ट र सर्वश्रेष्ठ समर्थन दिदै उनिहरुको प्रगतिशील र ईमानदार कार्यक्रमलाई अनुमोदन गर्न खुसि बने।
फलस्वरूप आफ्नो पोल्टामा भएको स्पष्ट मत जनप्रिय घण्टीवादी राजनीतिक दलको पक्षमा परिवर्तन भई उनिहरुको पक्षमा जनमतको पुष्प बर्षा नै हुन पुग्यो।
यसका बावजूद भद्दा र मज़ाक़ उडाउने ठगठबंधन रुपी र अन्य ठूला राजनीतिक दलहरु तिरस्कृत भए। छरपस्ट हुँदै प्रलोभनका रुपमा झुट बोलेर भुई न भांडामा भएका ठूला राजनीतिक दलहरुले नवउदयवान दलहरुको जनपक्षिय बिचारहरुलाई घेराबंदी गरेर अर्काको हालत र हुर्मत लिन लाग्दा बिपरित परिणाम भयो र राजनीतिक श्रृंखला बदलियो।जन बिस्वास गुमाएर सिद्धांतच्यूत भै सकेका पुराना भनिएका राजनीतिक दलहरुले देश र देशभक्त जनतालाई उपलब्धिमुलक दिसाबोध दिएनन ।
उनिहरुको संगति बाट आफ्नै भनेकाहरुले घर छोडे र ति जनताले सृजनशील हातहरु संग हेक्का राखेर कृतिमान रुपमा हातेमालो गरे। पुराना टालटुलेहरु संग छुट्टीएर जनताले अहोरात्र मन र मत बदले। भविष्यमा यो क्रम झन-झन र दिनानुदिन बढ्ने निश्चित नै देखिन्छ। सार्वभौमिक मताधिकारको कदरमा चरम सीमा नाघेर शक्ति दुरुपयोग गर्ने सिद्धांत हिन गठबंधन र संकुचित दायरा बाट अलग-अलग भएर दुषित शत्ताबादीलाई परास्त गर्न जरुरी ठान्दै आफ्नेा बलवान सार्वभौम मतदानका माध्यम मार्फ़त शान्तिको युद्ध लड़ेर सानदार रुपमा उपनिर्वाचनमा फराकिलो र सर्वाधिक मतको फरक बाट बिजयी हुँदै गतिशील निर्णय लिन सफलतापूर्वक अवतरण गरेर ईमानदार इतिहास रच्न योग्य बने।
अर्थात् उपनिर्वाचनमा अवसरवादी झुण्डहरुको समुहलाई तह लगाई दिएर उपलब्धिमुलक साथै परिणाममुखि बन्दै सफलतापूर्वक र उत्कृष्ट उदाहरण बन्न प्रिय स्वदेशी र प्रवासी नेपाली जनताहरु शक्तिशाली बने।
पुराना भनिएका ख़ुराफ़ातीहरु र अन्य अन्य गठबंधनका सबै राजनीतिक दलहरुले देशलाई उन्नतिको मार्गमा लान परिश्रम नगर्ने, नेपाली जनतालाई उपलब्धिमुलक कार्यक्रम दिन असक्षम साथै परिणाम मुखि सेवा प्रदान पनि नगर्ने र बिदेशमा रहेका नेपाली जनताको आफ्नो नेपाली नागरिकताको निरंतरताको मागलाई समेत सधैं नकारात्मक असर पुर्याई भद्दा र मजाकको राजनीति गर्ने र भुलभुलैयामा पारी केवल आवश्यकता परेका बखत मत माग्ने र चन्दा आतंकको बाटो मात्रै वनाई रहे भने रवि लामिछाने र डा. स्वर्णिम वाग्ले ले आफ्नो प्रत्येक कुशल आवाज़ र दमदार वक्तव्यमा स्वदेशी साथै विदेशमा वस्ने नेपालीलाई सधैं सम्झने गर्दै हामीहरु प्रति सबैमा बिस्वास र सुमधुरताको लागि ज्वालामुखी झैं आवश्यक आवाज़ दिएर निस्चित निकटताको लागि हार्दिकता देखाएका छन ।
यो स्वदेशी अनि गैर आवासीय यानेकी प्रवासी नेपालीहरुका लागि एक समझदार संबोधन पनि बनेको देखिन्छ। यसको पूर्णताको लागि वाहाहरु सचेत हुनुहुन्छ भन्ने हामी सबैको बिस्वास छ।
यो स्वदेशी अनि गैर आवासीय यानेकी प्रवासी नेपालीहरुका लागि एक समझदार संबोधन पनि बनेको देखिन्छ। यसको पूर्णताको लागि वाहाहरु सचेत हुनुहुन्छ भन्ने हामी सबैको बिस्वास छ।
यद्यपि जे जस्तो भए पनि लोकतांत्रिक पद्धतिमा २०७९, मंसिर ४ र २०८० बैशाख १० को निर्वाचन बाट जन आदेश पाएकाहरुलाई नै अब हामी सचेत नागरिकले “साँचो” मा पार्न भने सक्नुपर्छ नै, किनकी अव यिनिहरुले सुनिश्चित रुपमा देश र जनताको लागि काम गर्ने कि राजनीति नै नगर्ने भन्ने बाटो रोज्ने दिनहरु आएकाले पुरानै फलानो ब्यक्ति र फलानो पार्टीले जिते मात्र परिवर्तन हुने भन्ने कदापि हुन सक्दैन।सबै असंतोष मतदाता र सबै नव-जनप्रतिनिधि नेपाल आमाका सन्तान भएकाले सिद्धांततः सबैको लागि उपलब्धिमुलक सोचमा जानु आजको आवस्यक्ता निस्संदेह हो नै।
एकातिर राजनितिक दलहरु फोहोरी र आवश्यकता भन्दा धेरै भएर नै हाम्रो नेपाल अस्वास्थ्यकर लाजनितिको दलदलमा फसेको छ भने अर्कातिर परंपरागत र रुढिवादी बिस्वासमा रहेका दलहरुले गर्दा नयाँ बिचारहरु जन्मिन सुरु भए र राष्ट्रिय स्वतंत्र पार्टी जस्ता नयाँ दल संग जनताको रुचि बढ्न गयो। यदि पुरानाहरु जनतालाई योग्य भएका भए नयाँ दलको आवश्यकता रहने थिएन यो तितो सत्य हो।
तर नेपालमा दलाल र अराजनीतिक संघ संगठन नै धेरै भए जुन २०४६ साल देखि २०८० सम्मको इतिहास बुझे र पढे हुन्छ।परंपरागत बिचारहरुमा आधारित रहने निकम्मा राजनीतिक दलहरु नेपाल र नेपालीको हित र बिकासको लागि बाधक साबित हुन् थालेका छन्।
यदि दलको विकल्प दल नै हो भने राष्ट्रिय स्वतंत्र पार्टीलाई नेपाल र नेपालीको साथी हो भन्ने निस्चित बिस्वासलाई अझ बिस्तार र अनगिन्ती प्रेम गरौं।अन्य ख़राब दलहरुको बर्चस्वलाई जन अदालतले खारेज गर्न जरुरी देखिएको आभास भएको छ। यसो गर्न सकेमा देशी-विदेशी षडयन्त्रकारी दलालहरुको भाग बण्डाको धन्दा पनि बन्द हुन्छ र प्रजातांत्रिक र लोकतांत्रिक गणतन्त्रको उद्देश्य पनि निस्चित हुन सक्ने हुन्छ।नत्र भने चुनाव गराउने अनि पाँच बर्ष सम्म भाग-बण्डामा नै अल्झिने र देश बनाउने गतिशिलतालाई बन्दक बनाएर बिकासका गतिविधिहरु छेउमा र छायाँमा पर्न सक्ने निस्चित हुनेछ।
नेपाललाई राम्रो बनाउनका लागि यस उपनिर्वाचनमा नेपाली जनताले सर्वप्रथम ठूला भनिएका राजनीतिक दलहरुका भ्रष्टाचारीहरुलाई दण्डित गर्न जरुरी देखे, अनि युवा र सबै उमेर समुहका जनताहरु स्वयं स्वेच्छा बाट आँफैले पुरानो सोचबाट सच्चिएर सडकमा आएर शान्ति पूर्ण आन्दोलनमा उत्रिनुको विकल्प सोचेनन् र यसलाई ख़्याल गरेर सबै जनताहरु प्रगतिशील परिवर्तनको पक्षमा एकत्रित हुन सक्ने अवस्थामा अवतरण हुन पुगे।
नेपालको व्यथिति र अस्वास्थ्यकर अनि अपरिपक्क विद्यमान अवस्थामा मातृभूमिको लागि केहि प्रगतिशील परिवर्तनको सुन्दर सपना बोकेर संयुक्त राज्य अमेरिका बाट फर्किएर यही देश यानेकी नेपालमा नै केही गर्छु भनेर नेपालमा फर्किएका अव्वल ईमानदार उमेदवारहरु रबि लामिछाने र डा.स्वर्णिम वाग्लेलाई सहयोग गर्न मतदाताहरु मत मार्फतको आन्दोलनमा लाग्नुपर्ने अबस्था सहि हो भन्दै देशभक्त नेपाली जनताहरु देश भित्र बाट मात्र नभएर प्रवास अर्थात् विदेश बाट समेत उकुसमुकुस बनेर शान्ति युद्धमा स्वचालित रुपमा अगाड़ी बढ्दै अपार सफलता हासिल गरेको र यो परिदृश्य यथोचित रुपमा यथार्थ हो र यहि नै सही र सत्य पनि हो।
बिभिन्न देश बाट नेपालमा यस उपनिर्वाचनमा परिवर्तनको लागि सहि व्यक्तिले निर्वाचन जित्न आवश्यक र जरुरी छ भनेर यस लेखमा उल्लेखित गरिएका मनसायहरुमा मनै बाट जोडिएर सहयोगको सिलसिलेवार सन्दर्भमा लागि पर्नु हुनेहरुमा अनगिन्ति मानिसहरु अग्रणी रुपमै रहेर अथक परिश्रम गर्नु भएको बिषय हामी माँझ छर्लंग नै छ। यद्यपि छोटकरीमा केहि उर्जावान व्यक्तित्वहरुको नामै लिनु पर्दा प्रवासी भूमिबाट मसंग प्रत्यक्ष सम्पर्कमा रहनु भै संयुक्त राज्य अमेरिका बाट बरिष्ट समाजसेवी रजर अधिकारी ज्यू,बरिष्ट समाजसेवी अग्नि संजेल ज्यू, बरिष्ट समाजसेवी बिजय श्रेष्ठ , बरिष्ट समाजसेवी एवं संचार कर्मीहरु क्रमश: बिश्व थापा एवं बिजय थापा , समाजसेवी संचार माध्यम enepalese परिवार, बरिष्ट समाजसेवी माया शर्मा ,बरिष्ट समाजसेवी कबिन्द्र सिटौला, समाजसेवी संचार माध्यम डि. सी. नेपाल परिवार, बरिष्ट समाजसेवी पर्शुराम भण्डारीका अतिरिक्त अन्य अन्य धेरै असल महानुभवहरुले मनै भित्र बाट प्रेरणादायी व्यक्तित्व भएर यस स्वस्थ तथा प्रतिस्पर्धात्मक मातृभूमि प्रतिको सार्वजनिक स्वयंसेवक प्रतिनिधि लाभ हासिल गराउने महान सामाजिक अभियानमा अभिभावकीय भूमिका निभाई स्वयंसेवी बन्नु भएको स्पष्टताको प्रसंगमा खुलेरै कदर गर्दै पारदर्शी समेत बन्न चाहन्छु।
प्रतिनिधि सभा सदस्य पदमा भारी तथा अत्यधिक फराकिलो मतान्तर सहित शानदार रुपमा बिजय हुनु भएकाले नव निर्वाचित एवं लोकतांत्रिक बिचारहरुमा बिस्वास गर्नु हुने लोकप्रिय व्यक्तित्व माननीय श्री रबि लामिछामे एवं अर्थशास्त्र विद् विद्वान व्यक्तित्व डा. स्वर्णिम वाग्ले लाई हार्दिक बधाई छ।
नेपालमा जनताको बिश्वासलाई जगाई रहने शक्ति सधैं मिलिरहोस्, भगवान रुपि चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ का जनता बाट अपार माया र सफलताको आशीर्वाद पल-पलमा तपाईहरुलाई मिलि रहनेछ, केबल देश र जनहितको काममा निरन्तर लागि रहनु होला, स्वदेश तथा प्रदेशमा बसोबास गर्ने हामी नेपाली जनताको तर्फ बाट सफल कार्यकालको लागि असीम कामना सहित बिश्व मैं नेपाल र नेपालीको शिर उचो राख्नको लागि उपलब्धिमुलक यस सानदार, विसाल र सुन्दर उच्च विजयको लागि मनै भित्र बाट हामि सम्पूर्णको तर्फ बाट बधाई अनि सुन्दर भविष्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
कम-से कम नेपालको उन्नति र नेपाली जनतालाई उपलब्धिमुलक र आवश्यकीय सेवा प्रदान गर्ने तपाईहरुको अभिभावकीय र महान अभियानका साथमा अत्योधिक देशभक्त र मातृभूमि प्रिय स्वदेशी एवं प्रवासी नेपालीहरु जिउँदै छन्, आफ्नो देश र जनहितको प्रतिको कुशल कार्यमा लागि रहनु होला।समग्रतामामा सबै स्वदेशी एवं प्रवासी नेपालीहरु साथ-साथै सरोकारीहरुको सार्वजनिक साथ र समर्थन मरेको छैन रहि रहनेवाला छ। समग्र कुशल एवं मंगल सोचमा बिस्वास गर्नु हुनेहरुमा अभिवादन प्रकटीकरण पनि गर्दछौं।
नेपालमा राजनीतिक परिवर्तनको आवश्यकीय प्रतिबद्धता लगभग प्राप्ति भयो भन्नेमा बिस्वास गरौं, राज्यसत्ताको अबको काम अर्थात् समय भनेको देशमा बिधि र पद्धति अनुसार शुशासन कायम गर्ने, सामाजिक सुदृढ़ीकरण गरी मुलुकलाई युगान्तकारी रुपमा आर्थिक स्वावलंबी बनाउने जस्ता द्रुत गतिका सुन्दर र उपलब्धिमुलक कामहरु तिर ध्यान दिने समय नै हो भन्नेमा दुईमत छैन।यसलाई मध्यवर्ती रुपमा ख्याल गरेर कार्यक्रमको निस्चित खाका तयार गरी अगाड़ी बढ़न नितान्त जरुरी भएको संदेश प्रवाह गरिनु आवश्यक हुनेछ।
रबि लामिछाने सभापति भएको दल राष्ट्रिय स्वतंत्र पार्टी बाट यस पटकको उपनिर्वाचनमा रबि लामिछाने र डा. स्वर्णिम वाग्ले सांसद पदमा निर्वाचित भएकाले उनिहरुको निर्वाचन एजेण्डाहरु मध्यमा २०४६ साल देखि हाल सम्म अपचलन भएका आर्थिक र अन्य सबै खाले अनियमितताको छानबीन गरी भ्रष्टाचार निवारण सम्बंधि गम्भीर कदम चाल्ने दमदार कार्यक्रम भएकै कारण उनिहरुको डरले हालै मात्र नेपालको प्रतिनिधि सभामा ५ बर्ष भन्दा पुरानो भ्रष्टाचारको मामलामा कुनै पनि मुद्दा लाग्न नसक्ने गरि विद्यमान कानूनी व्यवस्थालाई संशोधन गर्नको लागि नयाँ बिधयक दर्ता गरेको बुझिएको छ।
पुराना तथा ठूला भनिएका राजनीतिक दलहरुको आ-आफ्ना पालामा भए गरेका सबै खाले भ्रष्टाचारका केसहरुलाई कानूनी तवर बाट लुकाएर आफ्नो दल संग आबद्ध सबैखाले भ्रष्टाचारीहरुलाई जोगाएर उनिहरुको बदमाशीलाई बचाउ गर्नका खातिर खासगरी यो षड्यंत्रकारी गलत कार्य वर्तमान संसद बाट हुँन लागेकोले यसलाई ख़्याल गरेर रोक्नको लागि राष्ट्रिय स्वतंत्र पार्टीले अहम भूमिका निभाई काम गर्न जरुरी छ।यस दलले सबै प्रकारका भ्रष्टाचार विरुद्ध निर्मम कदम पनि चाल्नु परे जनतालाई दिएको बचन पुरा गर्न यस प्रकारका बिभिन्न सबै प्रकारका अमान्य र खराव देश र जनहित बिपरितका गतिविधिलाई अगाड़ी जान बाट बन्द गर्न तीव्रगतिको साथ यस सम्बन्धमा अभिभावकीय भूमिका खेल्न पर्ने हुन्छ।
“फोहोर टाँढा बाट देखाएर सफा हुँदैन फोहोर सफा गर्न फोहोरमा नै पस्नु आवश्यक हुने भएकाले” फोहोरी गतिविधिलाई बन्द गर्न जे जस्ता कदम उठाउन पर्ने हुन्छ यसमा तयार रहन निस्चित रुपमा आवाज़ बुलंद गर्नु अनिवार्य हुनेछ।
“फोहोर टाँढा बाट देखाएर सफा हुँदैन फोहोर सफा गर्न फोहोरमा नै पस्नु आवश्यक हुने भएकाले” फोहोरी गतिविधिलाई बन्द गर्न जे जस्ता कदम उठाउन पर्ने हुन्छ यसमा तयार रहन निस्चित रुपमा आवाज़ बुलंद गर्नु अनिवार्य हुनेछ।
अन्तमा, यस पटकको उपनिर्वाचनमा षड्यंत्रकारी ठगठबन्धनको अत्याचारी शासनको बदनियतीका बिधिवत कारणका बावजूद पनि निश्चय नै हो दु:खद रुपमा बारा जिल्ला उपनिर्वाचन क्षेत्र नं. २ बाहेक सुखद रुपमा चितवन उपनिर्वाचन क्षेत्र नं. २ बाट लोकप्रिय उम्मेदवार द्वय श्री रबि लामिछाने र तनहुँ उपनिर्वाचन क्षेत्र नं. १ बाट अर्थ विद् डा. स्वर्णिम वाग्लेलाई नेपाली जनताले सर्वाधिक र लोकप्रिय मत प्रदान गरेका छन्।
ठूला एवं पुराना भनिएका राजनीतिक दलहरुले यस प्रकारको सार्वभौम जनमतको सम्मान र कदर गर्न धेरै नै आवश्यक हुनेछ भन्नेमा बिस्वास गर्दछु एकातिर भने अर्कोतिर देशको अर्थतन्त्र जर-जर अवस्थामा भएको बेला यसको सङ्कट मोचन अर्थात् समुन्नत निराकरण गर्नको लागि बिशेष गरी घण्टीमा आबद्ध सबै सांसदहरुले अहोरात्र खटेर ईमानदारी देखाउदै काम गर्न जरुरी छ भन्नेमा बिस्वास गरिन्छ भन्दा अत्युक्ति नहोला।
अस्तु!!
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।
प्रतिक्रिया