पुरानो नेताहरू प्रति वितृष्णा । मुलुकमा नयाँ परिवर्तन खोजेका छन ।

इनेप्लिज २०८० वैशाख १५ गते ११:२१ मा प्रकाशित

जनमानसमा पुरानो दलहरूका नेताहरू प्रति वितृष्णा किन ? पुरानो दलहरूका नेताहरूमा विश्वसनीयता र इमानदारिता भएन । यसकारण मुलुक र मुलुकका जनताहरुले नयाँ राजनीतिक पार्टी र युवाहरूको नेतृत्वमा मुलुकमा नयाँ परिवर्तन खोजेका छन । चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ को विक्रम सम्वत २०८० साल वैशाख १० गतेको उपनिर्वाचनको मत परिणामले देखाएको छ ।

मुलुकमा जनताहरुले बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम र इन्दिरा रानामगर जस्ता युवाहरूको नेतृत्व खोजिरहेका छन । उदाहरणको रूपमा हेर्ने हो भने वर्तमान समयमा मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टीको व्यापक जनलहर छ । राष्ट्रिय स्वतन्त्र पार्टीको यस्तै जनलहर र छाप रहिरहने हो भने आउने पाँच वर्षमा एकलौटी बहुमत ल्याउन सफल हुन्छन । रवि लामिछानेलाई हराउन चितवन क्षेत्र नम्बर २ मा साम, दाम, दण्ड, भेद लगाउँदा र राज्यको पुरै शक्ति लाग्दा पनि कसैको केहि उपाय लागेन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने दोस्रो पटक पनि चितवन क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भए । रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी माथी जनताहरुले केही गर्छ की भन्ने आशा, भरोसा र विश्वास राखेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले पनि तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भए । यसले के प्रमाणित गर्छ भने मुलुक र मुलुकका जनताहरुले नयाँ राजनीतिक दल र युवाहरूको नेतृत्वमा मुलुकमा नयाँ परिवर्तन खोजिरहेका छन ।

मुलुकमा बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम र इन्दिरा रानामगर जस्ता युवाहरूको नेतृत्वले केही गर्छन की भन्ने जनताहरुमा विश्वास र भरोसा छ । विशेषगरी रवि लामिछानेको स्वतन्त्र पार्टीले मुलुकमा नयाँ परिवर्तन गर्छ भन्ने जनताहरुमा विश्वास र भरोसा छ । बालेन शाह, हर्क साम्पांग, रवि लामिछाने, स्वर्णिम वाग्ले, ज्ञानेन्द्र शाही, तोसिमा कार्की, सोभिता गौतम, इन्दिरा रानामगर र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि मुलुकमा नयाँ परिवर्तन गर्न सकेनन तथा जनताहरुलाई धोका दिए भने विश्वसनीयता गुमाउने छन । स्वतः पत्ता साफ हुनेछन । राजनीतिमा उतारचढाव हुनु स्वाभाविक हो । तर राजनीतिमा इमानदारिता चाहिन्छ । राजनीतिमा इमानदारिता भएन भने कतिखेर के हुन्छ भन्न सकिन्न ?

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया