प्रदेश सरकारले सञ्चारको विकासका लागि योजना समावेश गर्ने

इनेप्लिज २०८० वैशाख १४ गते २३:०५ मा प्रकाशित

विराटनगर १४ वैशाख । कोशी प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रबाट समावेश गर्नुपर्ने योजना र विषयवस्तुविषयमा आज छलफल कार्यक्रमको आयोजना गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालयका सचिव उमेश बस्नेतले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनका लागि आवश्यक बजेट विनियन गर्ने बताउनु भयो ।

उहाँले बजेटका कारण सञ्चार क्षेत्रका धेरै विषय समावेश गर्न नसके पनि केही समावेश गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

सचिव बस्नेले मन्त्रालय सञ्चार क्षेत्रको अभिभावकिय जिम्मेवारी बोेकेको हुनाले भएकाले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने सुझावहरु दिन आग्रह गर्नुभयो ।

सो छलफलमा पत्रकारसँग आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, रेडियो, टेलिभिजन, एफएम र पत्रपत्रिकाका सञ्चालक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया