डिज्नीद्वारा फ्लोरिडाका गभर्नर बिरुद्ध मुद्दा दायर

इनेप्लिज २०८० वैशाख १४ गते ०:४७ मा प्रकाशित

डिज्नीले फ्लोरिडाका गभर्नर रोन डिस्यान्टिस र अधिकारीहरू बिरुद्ध ‘सरकारी प्रतिशोधको लक्षित अभियान’ मा मुद्दा दायर गरेको छ । डिस्यान्टिसले सँस्था विरुद्ध अभियानको नेतृत्व गरेको डिज्नीले आरोप लगाएको छ ।

प्रस्तावित बिधेयकले डिस्यान्टिसले डिज्नीको विशेष फ्लोरिडा जिल्लामा नियन्त्रण गर्नेछ । प्रस्तावित बिधेयक वाल्ट डिज्नी वर्ल्डसँग फ्लोरिडाको द्वन्द्वको पछिल्लो विकासको हिस्सा हो भनि एबिसी समाचारले उल्लेख गरेको छ ।

डिज्नीले बुधबार अमेरिकी जिल्ला अदालतमा फ्लोरिडाका गभर्नर डिस्यान्टिस र फ्लोरिडाका विभिन्न अधिकारीहरू विरुद्ध सँस्थाले “स्पष्ट रूपमा प्रतिशोधात्मक, स्पष्ट रूपमा व्यापार विरोधी र स्पष्ट रूपमा असंवैधानिक” भएको आरोपमा मुद्दा दायर गरेको छ।

एबीसी समाचारको मूल सँस्था (कम्पनी)डिज्नीले सार्वजनिक रूपमा डिस्यान्टिस -समर्थित विवादास्पद फ्लोरिडा कानूनको आलोचना गरेदेखि नै गभर्नर रोन डिस्यान्टिसको संस्थासँग मतभेद भएको छ ।

डिस्यान्टिसले डिज्नीको विशेष कर जिल्लामा नियन्त्रण लिने लक्ष्य राखेको एबिसी समाचारले जनाएको छ ।

प्रतिक्रिया