पुटिनद्वारा प्रतिबन्धहरूमा प्रतिशोधात्मक उपायहरूको आदेशमा हस्ताक्षर

इनेप्लिज २०८० वैशाख १३ गते ११:०२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार विदेशमा रहेका रुसी सम्पत्ति जफत गरेमा सम्भावित प्रतिकारात्मक उपायहरू प्रस्तुत गर्ने आदेशमा हस्ताक्षर गरेको रुसी सरकारी समाचार सँस्था टासले समाचारमा उल्लेख गरेको छ ।

क्रेमलिन संजालस्थल (वेबसाइट)मा पनि प्रकाशित भएको आदेशले रुसी सम्पत्तिहरू “शत्रु देशहरू” द्वारा कब्जा गरेको खण्डमा मस्कोले रुसमा विदेशी सम्पत्तिहरूलाई आफ्नो अस्थायी नियन्त्रणमा राख्ने टासले बताएको छ।

यदि रूसी राष्ट्रपतिले निर्णय गरेमा मात्र सम्पत्तिको अस्थायी व्यवस्थापनलाई उल्टाउन र पूर्ववत गर्न सकिन्छ भनि आदेशमा घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया